त्रिकोणात्मक सिरिजमा सर्वाधिक रन : शीर्षमा उक्लिए उरा, यस्तो छ नेपाली ब्याटरको स्थान

Image

काठमाडौं ।

टी–२० त्रिकोणात्मक सिरिजमा सर्वाधिक रन बनाउने मामलामा पपुवा न्यूगिनी (पिएनजी) का टोनी उरा शीर्ष स्थानमा उक्लिएका छन् । आज मलेसियाविरुद्ध ३४ बलमा १० छक्का र २ चौकासहित अविजित ८६ रन बनाएसँगै उनी शीर्षमा उक्लिएका हुन् ।

उराले जारी सिरिजको ४ खेलमा २ अर्धशतकसहित १९७.९१ के स्ट्राइकरेटमा सर्वाधिक १९० रन बनाएका छन् । उनले कूल १६ छक्का र १२ चौका हिर्काइसकेका छन् ।

त्यस्तै, यो सूचीको दोस्रो स्थानमा मलेसियाका कप्तान अहमद फैज छन् । उनले ३ खेलमा १२१.१८ स्ट्राइकरेटमा १४३ रन बनाएका छन् । जसमा उनले १३ चौका र ६ छक्का हिर्काएका छन् । त्यस्तै, नेपाली टिमका युवा ब्याटर आसिफ शेख तेस्रो स्थानमा छन् ।

उनले १३५.२९ को स्ट्राइकरेटमा १३८ रन बनाएका छन् । जसमा आसिफको उच्च स्कोर ५७ रन रहेको छ । उनले तीन म्याच खेल्दा कु १६ चौका र तीन छक्का हिर्काएका छन् ।

जारी सिरिजमा सर्वाधिक रन बनाउने मामलामा मलेसियाका सैयद अजिज रहेका छन् । उनले १५६.२५ स्ट्राइकरेटमा एक अर्धशतकको मद्दतमा १२५ रन बनाएका छन् ।

तीन म्याच खेल्दा अजिजले १५ चौका र पाँच छक्का हिर्काएका छन् । जसमा उनको उच्च स्कोर ६४ रन रहेको छ । त्यस्तै, पाँचौं स्थानमा पिएनजीका चार्लुस अमिनी छन् । उनले तीन खेलमा एक अर्धशतकसहित ११७ रन बनाएका छन् ।

सर्वाधिक रन बनाउने सूचीको छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा क्रमशः नोर्मन भानुआ (११४), असद भाला (९३), दीपेन्द्रसिंह ऐर (९१), रोहितकुमार पौडेल (८७) र जुबैदी जुल्किफ्ले (८२ रन) रहेका छन् ।

यो पनि पढौं– करण पनि अब मलिंगाको क्लबमा, यी हुन् टी-२० मा ह्याट्रिक लिने २७ बलर

यो पनि पढौं– १८ वर्षीय आदिल आलम, जसको तुलना हुँदैछ धोनीसँग

यो पनि पढौं– दीपेन्द्र र आदिलले जब २ ओभरमै ५६ रन बनाए…