काठमाडौं ।
न्यूजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा पाहुना टोली नेदरल्याण्ड्सले उत्कृष्ट सुरुवात गरेको छ । ह्यामिल्टनस्थित सेडन पार्क मैदानमा टस जितेर फिल्डिङ रोजेको डच टोलीले उत्कृष्ट सुरुवात गरेको हो ।
१० ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले किवी टोलीका महत्वपूर्ण ५ ब्याटरलाई पवेलियनको दिशा देखाइसकेको छ । न्यूजिल्याण्डले मार्टिन गुप्टिल ६, ह्यानरी निकोन्लस १९, विल योङ, रस टेलर र माइकल ब्रेसवेललाई एक/एक रनमा गुमाएको हो ।
नेदरल्याण्ड्सले ५ विकेट न्यूजिल्याण्डले ३२ रन बनाएको अवस्थामा लिएको हो । न्यूजिल्याण्डका शीर्ष क्रमका ब्याटरलाई सस्तैमा आउट गर्न लोगानभान वीकले ३ र फ्रेद क्लासेनले दुई विकेट लिइसकेका छन् । पहिलो खेलमा नेदरल्याण्ड्स ७ विकेटले पराजित भएको थियो । सिरिजमा जीवित रहन डच टोलीले आजको खेल जित्नैपर्ने दबाब छ ।
जारी सिरिजमा पनि नेदरल्याण्ड्सको टोलीको कप्तानी अलरान्न्डर पिटर सीलारले गरिरहेका छन् । न्यूजिल्याण्डको कप्तानी गर्ने अवसर विकेटकीपर टम लाथमले पाएका छन् । केन विलियम्सनको अनुपस्थितिमा लाथमले कप्तानीको अवसर पाएका हुन् ।
विलियम्सन आईपीएलका लागि हाल भारतमा छन् । जहाँ उनले सनराइजर्स हैदराबादको कप्तानी गरिरहेका छन् । एकदिवसीय सिरिजको दोस्रो खेलमा यो समाचार तयार पार्दा न्यूजिल्याण्डले १३ ओभरमा महत्वपूर्ण ५ विकेट गुमाएर ४१ रन बनाएको छ ।
यो पनि पढौं– चौथो खेलमा आज मलेसियासँग भिड्दै नेपाल, यी ४ खेलाडी परिवर्तनको सम्भावना