नेपाली समर्थकको माया देखेर अचम्ममा अमिनी, लज्जास्पद हार बेहोरे पनि दिल खोलेर गरे प्रशंसा

Image

काठमाडौं ।

सोमबार सम्पन्न नेपाल, पपुवा न्यूगिनी (पिएनजी) र मलेसियाविरुद्धको त्रिकोणात्मक सिरिजमा चार्ल्स जोर्डन अमिनीको प्रदर्शन ठिकै रह्यो । उनले सिरिज अवधिभर एक अर्धशतकसहित १२५.७१ को स्ट्राइक रेटमा १३२ रन बनाए । अमिनी सिरिजमा सर्वाधिक रन बनाउने मामलामा सातौँ स्थानमा रहे ।

टी–२० मा सोचेअनुरूप प्रदर्शन गर्न नसके पनि उनले नेपालसँगको एकदिवसीय सिरिज पिएनजीलाई जिताउन अहम् भूमिका खेले । अमिनीले सो सिरिजमा कुल ११२ रन बनाउनुका साथै ३ विकेट लिए ।

नेपालविरुद्धको सो श्रृंखला क्लिन स्विप गराउन नायक सावित भएका उनी प्लेयर अफ द सिरिज पनि घोषित भए । आफ्नो टिमले टी–२० त्रिकोणात्मक सिरिज गुमाए पनि अमिनी नेपाली समर्थकको मिठो साथले मक्ख छन् । फाइनलमा नेपालसँग ५० रनको फराकिलो हार बेहोरे पनि उनले नेपाली समर्थकको माया अविश्सनीय रहेको बताए ।

‘फाइनल हार्दा निराश छु । तर, नेपाली समर्थकका अगाडि खेल्दा निकै गज्जब अनुभव रह्यो । उनीहरूले पिएनजी बोलेको आवाज अविश्वसनीय लाग्यो । झन् दृश्य नै देख्दा अचम्म लाग्यो । टियु स्टेडियममा खेलेको खेल कहिल्यै बिर्सने छैन,’ अमिनीले खेलपछि ट्विटरमा लेखेका छन् ।

हुन पनि आज नेपाली समर्थकले मैदान बाहिरबाट राम्रो हौसला प्रदान गरेका थिए । पिएनजीलाई मात्र होइन नेपाली समर्थकले यहाँ खेल्ने विदेशी जुनसुकै टोलीलाई पनि मिठो साथ दिँदै आइरहेका छन् ।

नेपालले टेष्ट टोली जिम्बाब्वेसँग सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बाब्वेको ‘ए’ टिमसँग सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले वैशाखभित्र टी–२० र एकदिवसीय प्रारूपको सिरिज खेल्ने भएको हो ।

नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन–तीन खेलको टी–२० र एकदिवसीय सिरिज खेल्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनका अनुसार सिरिज नेपालमै हुनेछ । जिम्बाब्वेको ‘ए’ टिममा राष्ट्रिय टिमबाट खेलिसकेका सदस्य पनि हुने चन्दले बताए ।

यो पनि पढौं– ‘त्रिकोणात्मक सिरिज’ जितेपछि नेपाली टिमबारे भारतीय मिडियाले के लेखे?