विराटलाई प्रश्न- रोनाल्डोको रूपमा ब्युँझिए भने के गर्नुहुन्छ? दिए यस्तो जवाफ

Image

काठमाडौं ।

भारतीय लोकप्रिय क्रिकेटर विराट कोहली फुटबलकास्टार क्रिस्टियानो रोनाल्डोका ठूला समर्थक हुन् । उनी रोनाल्डोको खेलका साथै फिटनेसको पनि प्रशंसक हुन् । कोहलीले रोनाल्डाको फिटनेसको समय-समयमा प्रशंसा गर्दै आएका छन् ।

फेरि एकपटक विराटले रोनाल्डोलाई लिएर प्रतिक्रिया दिएका छन् । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को फोटो शुटका क्रममा उनलाई सोधिएको थियो– विराट तपाई एकदिन रोनाल्डाेको रूपमा ब्युँझिए भने के गर्नुहुन्छ? उनले जवाफमा भने, ‘सबैभन्दा पहिले म मेरो मस्तिष्क स्क्यान गराउँछु । र, यो मानसिक शक्ति कहाँबाट आएको हो भनेर जान्ने प्रयास गर्नेछु ।’

‘२०१६ को आईपीएल फाइनल र विश्वकप सेमिफाइनल हारले मेरो दिल तोड्यो’

जतिसुकै ठूलो खेलाडी भएपनि खेल मैदानमा उसले धेरै हृदय विदारक कुराहरूको सामना गर्नुपर्ने हुन्छ । र, ३३ वर्षीय कोहली पनि यसबाट बच्न सकेका छैनन् । उनले ती दुई खेलको सम्झना गरेका छन् जसले अझै पनि उनको दिमाग छोडेका छैनन् । २०१६ को आईपीएलमा कोहलीले शानदार प्रदर्शन गरे । सो सिजनमा उनले धेरै कीर्तिमान पनि बनाए।

विराटले २०१६ को आईपीएलमा कोहलीले सर्वाधिक ९७३ रन बनाए । एकै सिजनमा चार शतक बनाउँदै उनले इतिहास रचे । कोहलीको कप्तानीमा बैंग्लोर फाइनलमा पनि पुग्यो । दुर्भाग्य बैंग्लोर सनराइजर्स हैदरावादसँग पराजित हुनपुग्यो ।

२०१६ को टी–२० विश्वकपमा पनि कोहलीले ब्याटिङबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट भए । तर, टिम भने सेमिफाइनलमा पराजित हुनपुग्यो । यी दुई विषयमा कोहलीले भनेका छन्, ‘२०१६ को आईपीएल फाइनल र सन् २०१६ को टी–२० विश्वकपको सेमिफाइनल दुई खेलले मेरो दिल तोड्यो, त्यसबेला म निकै भावुक भएको थिए ।’

यो पनि पढौं– ‘ओरेन्ज क्याप’ दौडको शीर्षमा उक्लिए बटलर, यस्तो छ अन्य स्टारको स्थान