Khabar Board
Flash logo up side
flash header

चौथो म्याचअघि राजस्थानलाई ठूलो झड्का, घर फर्किए टोलीका महत्वपूर्ण खेलाडी

Nirbachan m

काठमाडौं ।

आईपीएल २०२२ मा राजस्थान रोयल्सले राम्रो सुरुवात गरेको छ । उसले सुरुवाती दुई लगातार लगातार जित्यो । मंगलबार राति रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध भएको खेल हारे पनि राजस्थान अंक तालिकाको शीर्ष स्थानमा कायमै छ ।

राम्रो लयमा देखिएको राजस्थानलाई तेस्रो म्याच हार्नुको पीडा त छदैछ उसका महत्वपूर्ण बलर पनि चोटका कारण आईपीएलबाट बाहिरिएका छन् । आईपीएलबाट बाहिरनेमा अष्ट्रेलियन तीव्र गतिका बलर नाथनकुल्टर नाइल रहेका छन् । उनी पहिलो खेलमा सनराइजर्स हैदराबादविरुद्ध घाइते भएका थिए ।

चोट गहिरो भएकाले अब नाथनले आईपीएलको बाँकी खेल गुमाउने छन् । उनलाई राजस्थानले मेगा अक्सनबाट २ करोड भारुमा अनुबन्ध गरेको थियो । यसअघि उनी मुम्बई इन्डियन्सको टिममा थिए । नाथन बाहिरिएसँगै राजस्थानको टोलीलाई केही घाटा भने पक्कै लागेको छ ।

Center article

किनभने उनी बलिङ र ब्याटिङ दुवैका लागि विकल्प थिए । राजस्थानले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै नाथनलाई बिदाइसमेत गरिसकेको छ । अब उनको स्थानमा राजस्थानले कुन खेलाडीलाई समावेश गर्छ त्यो विषय रोचक हुनेछ ।

रिपोर्टका अनुसार उनको स्थानमा राजस्थानले श्रीलंकाका कप्तान दासुन शनाका, नामिबियाका अलराउन्डर डेभिड भिसा र अष्ट्रेलियाका अलराउन्डर बेन कटिङमध्ये एकलाई अनुबन्ध गर्ने सम्भावना छ । राजस्थानले अब चौथो खेल आइतबार खेल्नेछ । सो खेलमा उसले गत सिजन विजेता चेन्नई सुपर किंग्स (सिएसके)को सामना गर्नेछ ।

यो पनि पढौं– नेपालको जर्सीका साथ आईपीएल हेर्दै समर्थक, को हुन् ‘भाइरल’ युवती?

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.