बलियो उज्वेकिस्तानविरुद्ध मणिको सुन्दर गोल, यद्यपि टिम पनि भने पराजित

Image

काठमाडौं ।

एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । किर्गिस्तानको बिस्केकस्थित गाजप्रोम स्पोर्ट्स कम्प्लेक्समा आज भएको खेलमा नेपाल ५–१ गोल अन्तरले पराजित भएको हो । उज्वेकिस्तानले पहिलो हाफमा ३ र दोस्रोमा २ गोल गरेको हो ।

उज्वेकिस्तानलाई जित दिलाउन रोपिभ इख्तियोरले दुई गोल तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एब्बोसले एक/एक गोल गरे । नेपालका मणि लामाले मात्र एक गोल फर्काउन सके । उनले दोस्रो हाफको २८ औं  मिनेटमा गोल गरेका हुन् । मणिको पहिलो प्रहार उज्वेकिस्तानका गोलरक्षकले रोके । तर, गोलरक्षकबाट फिर्ता भएको प्रहारलाई मणिले सुन्दर गोलमा परिणत गरे ।

खेलमा नेपालले पटकपटक गोलको अवसर सिर्जना गर्‍यो । तर, सफल भने एकपटक मात्र भयो । नेपाली गोलरक्षकले उज्वेकिस्तानको केही शक्तिशाली प्रहारलाई रोकेका थिए । तुलानात्मकरूपमा नेपालभन्दा उज्वेकिस्तान बलियो टोली हो ।

छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा सोमबार ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ सबै खेल किर्गिस्तानस्थित विशेस ग्याजप्रोम स्पोर्ट्स कम्प्लेक्समा हुनेछ । समूह ‘ए’ मा इरान, आयोजक किर्गिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स परेका छन् ।