काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले राम्रो प्रदर्शन गरिरहेको छ । बैंग्लोरले चार म्याच खेल्दा तीन म्याच जितेको छ । तीन जितमा तीव्र गतिका बलर हर्षल पटेलको भूमिका पनि अहम् छ ।
गत सिजनका सर्वाधिक विकेटकर्ता पटेलले योपटक चार म्याच खेल्दा ५.५० को इकोनमीमा ६ विकेट लिएका छन् । राम्रो लयमा रहेका पटेलले अब भने केही खेल गुमाउने भएका छन् । घरमा बहिनीको निधन भएपछि उनले जारी संस्करणको केही खेल गुमाउने भएका हुन् ।
बहिनीको निधनको खबरलगत्तै हर्षल घर फर्किसकेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अब उनी एक खेल गुमाउने सम्भावना छ । तीन दिने क्वारेन्टाइनमा बसेमा हर्षलले १२ अप्रिलमा चेन्नई सुपर किंग्ससँगको खेल गुमाउने छन् ।