Khabar Board
Flash logo up side
Nirbachan aayog

कोलकातामाथि दिल्लीको शानदार जित, यस्तो बन्यो अंक तालिका

Nirbachan m

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध दिल्ली क्यापिटल्स ४४ रनले विजयी भएको छ । जारी सिजनमा दिल्लीको यो दोस्रो जित हो । उसले पछिल्लो दुई खेलमा लगातार हार बेहोरेको थियो ।

पहिलो खेलमा भने दिल्लीले मुम्बई इण्डियन्सलाई ४ विकेटलाई हराएको थियो । कोलकाताको यो दोस्रो हार हो । उसले पाँच म्याच खेल्दा तीन खेलमा भने जित हात पारेको छ । आफ्नो पाँचौं खेलमा दिल्लीले दिएको २१६ रनको लक्ष्य पछ्याएको कोलकाताले १९.४ ओभरमा सबै विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो ।

उसका लागि श्रेयस अय्यरले ३३ बलमा पाँच चौका र दुई छक्कासहित ५४ रन बनाए । त्यस्तै, नितिश राणाले ३०, वैंकटेश अय्यरले १८, साम बिलिङ्सले १५ र आन्द्रे रसेलले रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन । दिल्लीका लागि कुलदीप यादवले चार ओभरमा ३५ रन दिएर ४ विकेट लिए ।

खलिल अहमदले चार ओभरमा २५ रन खर्चदै तीन विकेट हात पारे । त्यस्तै, शार्दुल ठाकुर दुई र ललित यादवको नाममा एक विकेट रह्यो । त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २१५ रन बनायो ।

उसका लागि ओपनरद्वय डेविड वार्नर र पृथ्वी शाले उत्कृष्ट पारी खेले । वार्नरले ४५ बलमा ६ चौका र एक छक्काको सहयोगमा ६१ रन बनाए । जारी सिजनमा उनको यो पहिलो अर्धशतकीय पारी हो । पहिलो खेलमा वार्नर ४ रनमा आउट भएका थिए ।

पृथ्वीले २९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ५१ रन बनाए । उनको योलगातार दोस्रो अर्धशतकीय इनिङ हो । पृथ्वीले अघिल्लो खेलमा लखनउ सुपर जायट्सविरुद्ध ३४ बलमा ६१ रन बनाएका थिए ।

Panacea Education

त्यस्तै, आज कप्तान ऋषभ पन्तले १४ बलमा २७, शार्दुल ठाकुरले ११ बलमा २९ र अक्षर पटेलले १४ बलमा २२ रनको योगदान दिए । रोभम्यान पावेल आठ र ललित यादव भने एक रनमै आउट भए । केकेआरका सुनिल नारायणले दुई, वरुण चक्रवर्ती, आन्द्रे रसेल र उमेश यावदले एक/एक विकेट लिए ।

कमिन्स र उमेश महँगा सावित

दिल्लीविरुद्ध केकेआरका दुई अनुभवी तीव्र गतिका बलरद्वय प्याट कमिन्स र उमेश यादव महँगा सावित भए । कमन्सिले ४ ओभरमा बिनाविकेट ५१ रन खर्चिए । उनले आज १२.७५ को इकोनमीमा बलिङ गरे ।

जारी सिजनमा शानदार बलिङ गरिरहेका उमेश आज भने पिटिए । उनले ४ ओभरमा एक विकेट लिए पनि ४८ रन खर्चिन पुगे । उमेशले दिल्लीविरुद्ध १२ को इकोनमीमा बलिङ गरे । त्यस्तै, वरुण चक्रवर्तीले ४ ओभरमा ४४ रन दिएर एक विकेट हात पारे ।

आजको जितसँगै दिल्ली अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । हारका बाबजुद कोलकाता शीर्ष स्थानमै छ । त्यस्तै, दोस्रो, तेस्रो, चौथो, पाँचौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः गुजरात, बैंग्लोर, लखनउ, राजस्थान, पञ्जाब, सनराइजर्स, मुम्बई र चेन्नई रहेका छन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.