Khabar Board
Flash logo up side
flash header

नेपाली फुटसल टिमको फराकिलो हारपछि यस्तो भन्छन् प्रशिक्षक अल्मुताइरी

Nirbachan m

काठमाडौं ।

एएफसी फुटसल एसियन कप छनोटमा नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । आइतबार किर्गिस्तानको बिस्केकस्थित गाजप्रोम स्पोर्ट्स कम्प्लेक्समा भएको पहिलो खेलमा नेपाल उज्वेकिस्तानविरुद्ध ५–१ गोलले पराजित भयो । उज्वेकिस्तानले पहिलो हाफमा ३ र दोस्रोमा २ गोल गर्‍यो ।

उज्वेकिस्तानलाई जित दिलाउन रोपिभ इख्तियोरले दुई गोल तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एब्बोसले एक/एक गोल गरे । नेपालका मणि लामाले मात्र एक गोल फर्काउन सके । उनले दोस्रो हाफको २८ औं मिनेटमा गोल गरेका हुन् । मणिको पहिलो प्रहार उज्वेकिस्तानका गोलरक्षकले रोके । तर, गोलरक्षकबाट फिर्ता भएको प्रहारलाई मणिले गोलमा परिणत गरे ।

खेलमा नेपालले पटकपटक गोलको अवसर सिर्जना गर्‍यो । तर, सफल भने एकपटक मात्र भयो । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा सोमबार ताजकिस्तानविरुद्ध खेल्नेछ ।

Center article

त्यसपछि नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग २९ चैतमा खेल्ने तालिका छ । सबै खेल किर्गिस्तानको ग्याजप्रोम स्पोर्ट्स कम्प्लेक्समा हुनेछ । समूह ‘ए’ मा इरान, आयोजक किर्गिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स परेका छन् ।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपालले खेल्ने प्रतियोगितामा प्रायः चासो राख्छन् । फुबटलको प्रशिक्षक भए पनि उनले कहिलकाहीँ त नेपाली क्रिकेटको बारेमा पनि स्टाटस लेख्छन् । यसैबीच, प्रशिक्षक अल्मुताइरीले एसियन कप छनोटमा नेपालले खेलेको पहिलो म्याचबारे पनि टिप्पणी लेखेका छन् ।

उनले प्रतियोगितामा कस्तो प्रदर्शन रह्यो भनेर समीक्षा गर्नुभन्दा पनि फुटसलमा भाग लिनु नै अहिले नेपालको गर्वको कुरा रहेको उल्लेख गरेका छन् । ‘एसियन कप छनोटमा नेपाली फुटसल राष्ट्रिय टोलीको नतिजा कस्तो आउँछ त्यो महत्वपूर्ण होइन, सबैभन्दा महत्त्वपूर्ण फुटसल सुरु भयो । त्यसैले हामी धेरैभन्दा धेरै काम गरौं, मलाई विश्वास छ समय र कडा परिश्रमले हामी आगामी वर्षहरूमा उच्च स्तरमा पुग्न सक्छौं । एउटा टिम, जय नेपाल,’ अल्मुताइरीले फेसबुकमा लेखका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.