Khabar Board
Flash logo up side
Nirbachan aayog

नेपाल र ताजिकिस्तानको खेलमा गोलको वर्षा, एक खेलाडीले गरे ह्याट्रिक

Nirbachan m

काठमाडौं ।

एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजिकिस्तानसँग ११–१ गोल अन्तरले पराजित भएको छ । कीर्गिस्तानको बिस्केकमा ताजिकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो ।

नेपालले खेलको सुरुआतमै अग्रता लियो । नेपालले आदिल हमिदको सुन्दर गोलमा अग्रता लिएको थियो । पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । नेपालविरुद्ध पहिलो हाफमा योरोभ इदरिसले एक गोल गरे । उनले दोस्रो हाफमा एक गोल थपे ।

Panacea Education

त्यस्तै, ताजिकिस्तानका सरदोरोवले ह्याट्रिक गर्दा कुजिइव उमेद, अहिमोव शभोयत र रिजोमोव समान्दरले समान २–२ गोल गरे । समूह ‘बी’ मा रहेको नेपालको दुई खेलबाट कुनै अंक छैन । नेपाल चौथो स्थानमा छ । शीर्ष स्थानको ताजिकिस्तानको चार अंक छ भने दोस्रो स्थानको उज्वेकिस्तनको तीन अंक छ । तेस्रो स्थानको अफगानिस्तानको एक अंक छ ।

ताजिकिस्तानले आइतबार पहिलो खेलमा अफगानिस्तानसँग बराबरी खेलेको थियो । पहिलो खेलमा नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्तानको सामना गर्नेछ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.