Khabar Board
Flash logo up side
Nirbachan aayog

रवि शास्त्री भन्छन्– जडेजालाई नभइ यी खेलाडीलाई बनाउनुपर्थ्यो चेन्नईको कप्तान

Nirbachan m

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा चारपटक विजेता चेन्नई सुपर किंग्स (सिएसके) ले लगातार चौथो खेलमा हार बेहोरेको छ । गत विजेतासमेत रहेको चेन्नईको लगातारको हारपछि क्रिकेट विश्लेषकले विभिन्न प्रतिक्रिया जनाइरहेका छन् । धेरैले कप्तान परिवर्तनको असरका कारण चेन्नई हारिरहेको पनि बताएका छन् ।

यसैबीच, भारतीय क्रिकेट टिमका पूर्वमुख्य प्रशिक्षक रवि शास्त्रीले पनि सिएसकेको लगातार हारको बारेमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले महेन्द्रसिंह धोनीपछि ‘जडेजालाई कप्तान बनाउनु हुन्थेन’ भनेर प्रतिक्रिया जनाएका हुन् ।

‘रवीन्द्र जडेजाको कप्तानीमा रहेको टोलीले लगातार हार बेहोरेको छ । एमएस धोनीले कप्तानी नगरेकोले पनि टोलीको प्रदर्शनमा असर देखिएको छ,’ ईएसपीएन क्रिकइन्फोसँगको कुराकानीका क्रममा शास्त्रीले भनेका छन्, ‘मलाई लाग्छ जडेजा जस्तो खेलाडीले आफ्नो क्रिकेटमा ध्यान दिनुपर्छ । यदि चेन्नईले यसबारे सोचेको भए उनीहरूले फाफ डु प्लेसिसलाई जान दिने थिएनन् किनभने उनी एक म्याच विजेता खेलाडी हुन् ।’

Panacea Education

उनले अगाडि भने, ‘यदि धोनीले कप्तानी गर्न चाहँदैन थिए भने चेन्नईले फाफ डु प्लेसिसलाई रिटेन गर्नसक्थ्यो । र, जडेजालाई खेलाडीको रूपमा खेलाउनसक्थ्यो । किनभने त्यसपछि उनी कप्तानको दबाबबिना स्वतन्त्र रूपमा खेल्न सक्थे ।’

जारी सिजनमा चेन्नईले इतिहासकै खराब प्रदर्शन गरेको छ । उसले लगातार चार खेल हारेको छ । यसअघि चेन्नईले कुनै पनि सिजनमा सुरुवातका चार खेलमा लगातार हारको सामना गरेको थिए । चेन्नईले आफ्नो पाँचौं खेल भोलि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध खेल्दैछ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.