IPL ओरेन्ज क्याप दौड : दोस्रोमा उक्लिए दुबे, यस्तो छ अन्य स्टारको स्थान

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक रन अर्थात् ओरेन्ज क्याप दौडको दोस्रो स्थानमा शिवम् दुबे उक्लिएका छन् । मंगलबार राति रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) विरुद्ध अविजित ९५ रन बनाएसँगै उनी दोस्रोमा उक्लिएका हुन् ।

चेन्नई सुपर किंग्स (सिएसके) बाट लिग खेलिरहेका उनले ५ खेलमा १७६.९२ को स्ट्राइक रेटमा २ अर्धशतकसहित २०७ रन बनाएका छन् । त्यसक्रममा दुबेले १६ चौका र १३ छक्का हिर्काएका छन् । त्यस्तै, सर्वाधिक रन बनाउने सूचीको तेस्रो स्थानमा चेन्नईकै रोबिन उथप्पा उक्लिएका छन् ।

उनले ५ खेलमा १६३.०२ को स्ट्राइक रेटमा २ अर्धशतकसहित १९४ रन बनाएका छन् । जारी सिजनमा उथप्पाको उच्च स्कोर ८८ रन हो । ओरेन्ज क्याप दौडको शीर्षमा भने राजस्थान रोयल्सका जोस बटलर छन् । उनले ४ खेलमा एक शतक र एक अर्धशतकको सहयोगमा २१८ रन बनाएका छन् ।

बटलरले जारी सिजनमा १४१.५५ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन् । त्यस्तै, यो सूचीको चौथो स्थानमा लखनउ सुपर जायट्सका क्विन्टन डिकक छन् । उनले ५ खेलमा १३२.३९ को स्ट्राइक रेटमा १८८ रन बनाएका छन् । त्यसक्रममा डिककले २ अर्धशतक बनाएका छन् ।

सर्वाधिक रन बनाउने सूचीको पाँचौँ स्थानमा शुभमन गिल छन् । गुजरात टाइटन्सबाट लिग खेलिरहेका उनले ४ खेलमा १५९.८२ को स्ट्राइक रेटमा १८७ रन बनाएका छन् । गिलले ४ म्याचमा २ अर्धशतकीय पारी खेलेका छन् ।

त्यस्तै, ओरेन्ज क्याप दौडको छैटौँ स्थानमा मुम्बई इण्डियन्सका इशान किशन छन् । उनले ४ खेलमा १२५ को स्ट्राइक रेटमा १७५ रन बनाएका छन् । त्यसक्रममा इशानले २ अर्धशतक बनाएका छन् । त्यस्तै, यो सूचीको सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः शिमरोन हेटमायर (१६८), लियाम लिभिङस्टोन (१६२), पृथ्वी शा (१६०) र दीपक हूडा (१५५ रन) रहेका छन् ।