ICC वरियतामा छलाङ मारेपछि भारतीय मिडियामा दीपेन्द्रको चर्चा, कसले के लेखे?

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० वरियतामा व्यापक सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा उनी अलराउन्डरतर्फ १० औं स्थानमा उक्लिएका हुन् । हालै सकिएको नेपाल, पिएनजी र मलेसियाबीचको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि दीपेन्द्रले वरियतामा व्यापक सुधार गरे ।

दीपेन्द्र १ सय ५२ रेटिङ अंकका साथ नेपाली क्रिकेट इतिहासकै उत्कृष्ट वरियतामा अटाएका हुन् । यसअघि कुनै पनि नेपाल खेलाडी आईसीसी वरियताको शीर्ष १० भित्र अटाएका थिएनन् । यसअघि २०१९ मा टी–२० को अलराउन्डर वरियतामा पूर्वकप्तान पारस खड्का २५ औं स्थानमा पुगेका थिए । अब पारसको सो उपलब्धि दीपेन्द्रले तोडेका छन् ।

ब्याटिङतर्फ दीपेन्द्र ३८ औं स्थानमा छन् । त्यस्तै, कुशल भुर्तेल ३६ औं, आरिफ शेख ९९ औं स्थानमा छन् । टी–२० बलिङतर्फ सन्दीप लामिछाने ३८ औं र अविनाश बोहरा ८६ औं स्थानमा छन् ।

वरियतामा छलाङ मारेपछि भारतीय मिडियामा दीपेन्द्रको चर्चा

टी–२० वरियताको अलराउन्डरतर्फ छलाङ मारेपछि भारतीय सञ्चारमाध्यमले पनि दीपेन्द्रसिंह ऐरीलाई प्राथमिकतामा राखेका छन् । उनीहरूले दीपेन्द्रको प्रदर्शनको प्रशंसा गदैृ वरियताको चर्चा गरेका हुन् । भारतको चर्चित खेलकुद समाचार पोर्टल स्पोस्ट्सकीडाले लेखेको छ, ‘आईसीसी वरियतामा नेपालका खेलाडीको छलाङ ।’

उसले अगाडि लेखेको छ, ‘त्रिदेशीय टी–२० सिरिजमा उत्कृष्ट अलराउन्ड प्रर्दशनका लागि नेपालका दीपेन्द्र म्यान अफ द सिरिज पनि घोषित भएका थिए । उनी १३ स्थान माथि उक्लिएर ब्याटिङमा ३८औँ, र अलराउन्डरको सूचीमा १०औँ स्थानमा पुगेका छन् । बलिङमा सन्दीप लामिछाने ३८औँ र अविनाश बोहरा ८६औँ स्थानमा छन् । ब्याटिङमा कुशल भुर्तेल ३६ औं स्थानमा छन् ।’