आईपीएलमा राजस्थान र गुजरात भिड्दै, प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को २४ औं खेलमा गुजरात टाइटन्सविरुद्ध राजस्थान रोयल्सले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टोलीबीचको खेल ७ः४५ देखि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा सुरु हुँदैछ ।

राजस्थानले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले ट्रेन्ट बोल्टको स्थानमा जिमी नीशमलाई मौका दिएको छ । जारी सिजनमा नीशमको यो पहिलो खेल हो । बोल्ट चोटका कारण आजको खेलबाट बाहिरिएका हुन् ।

त्यस्तै, गुजरातले दुई खेलाडी परिवर्तन गरेको छ । उसले साइ सुदर्शन र दर्शन निलकण्डेलाई विश्राम दिएर विजय शंकर र यश दयाललाई प्लेइङ–११ मा अवसर दिएको छ । दयालको यो डेब्यू म्याच हो ।

जारी लिगमा राजस्थानले चार म्याच खेल्दा तीनमा जित र एक खेलमा हार बेहोरेको छ । गुजरातले पनि चार म्याच खेल्दा तीनमा जित र एक खेलमा हारको सामना गरेको छ ।

राजस्थानको प्लेइङ–११ : जोस बटलर, देवदत्त पाडिक्कल, सञ्जु सामसन (कप्तान र विकेटकीपर), रस्सी भान डर दुसेन, शिमरोन हेटमायर, रियान पराग, जिमी निशम, आर आश्विन, युजवेन्द्र चहल, प्रसिद्ध कृष्णा र कुलदीप सेन ।

गुजरातको प्लेइङ–११ : शुभमन गिल, म्याथ्यु वेड (विकेटकिपर), विजय शंकर, हार्दिक पाण्ड्या (कप्तान), डेभिड मिलर, अभिनव मनोहर, राहुल तेवाटिया, राशिद खान, लकी फर्ग्युसन, मोहम्मद शामी र यश दयाल ।