काठमाडौं ।
इंग्ल्याण्ड टेस्ट क्रिकेट टिमका कप्तान जो रूटले पदबाट राजीनामा दिएका छन् । वेष्ट इन्डिजविरुद्धको सिरिज गुमाएपछि उनले कप्तानबाट राजीनामा दिएका हुन् । ‘देशको कप्तानी गर्न पाउँदा म अत्यन्तै गैरवान्वित छु । र, यो पाँच वर्षलाई फर्केर हेर्दा पनि मलाई गर्व नै लाग्छ,’ रूटले भनेका छन्, ‘इंग्ल्यान्ड क्रिकेट सफलताकोे शिखरमाा हुँदा त्यसको नेतृत्व गर्न पाउनु मेरा लागि गर्वको कुरा हो ।’
३१ वर्षीय रूट सन् २०१७ मा इंग्ल्यान्ड टेस्ट क्रिकेट टोलीको कप्तान नियुक्त भएका थिए । उनले एलेस्टर कुकको स्थान लिएका हुन् । रूटकोे कप्तानीमा इंग्ल्यान्डले पाँच वर्षमा कीर्तिमानी धेरै टेस्ट खेल जितेको छ ।
इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको तेस्रो टेस्ट १० विकेटले हारेकोे थियो । पहिलो र दोस्रो टेस्ट बराबरीमा सकिएको थियो । इंग्ल्यान्ड पछिल्ला नौ खेलमा जितविहीन छ । रूटले कप्तान हुँदा पाँच हजार २९५ रन बनाएका छन् । त्यो कुनै पनि इंग्ल्याान्डका कप्तानले बनाएको भन्दा धेरै रन हो । उनले त्यसक्रममा १४ शतक प्रहार गरेका छन् ।
रुटको कप्तानमा इंग्ल्यान्डले २०१७/१८ र २०२१/२२ मा अष्ट्रेलियाविरुद्धको एसेस शृंखला ४–० ले हारेको थियो । रुटले ६४ टेस्ट क्रिकेटमा कप्तानी गरे । उनको कप्तानीमा इंग्ल्याण्डले २७ खेल जित्दा २६ खेलमा हार बेहोर्यो ।