काठमाडौं ।
तीव्र गतिका बलर टी नटराजन आईपीएल २०२२ मा सर्वाधिक विकेट अर्थात् पपल क्याप दौडको दोस्रो स्थानमा उक्लिएका छन् । गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध ३ विकेट लिएसँगै उनी दोस्रो स्थानमा उक्लिएका हुन् ।
सनराइजर्स हैदराबादबाट लिग खेलिरहेका नटराजनले ५ खेलमा ८.५० को इकोनमीमा ११ विकेट लिएका छन् । जारी सिजनमा उनको उत्कृष्ट बलिङ ३७ रन दिएर ३ विकेट लिनु हो । पर्पल क्याप दौडको शीर्षमा भने राजस्थान रोयल्सबाट लिग खेलिरहेका स्पिनर युजवेन्द्र चहल छन् ।
उनले ५ खेलमा ६.८० को इकोनमीमा सर्वाधिक १२ विकेट लिएका छन् । जारी सिजनमा चहलको उच्च बलिङ प्रदर्शन ४१ रन दिएर ४ विकेट लिनु हो । यो सूचीको तेस्रो स्थानमा दिल्ली क्यापिटल्सका स्पिनर कुलदीप यादव छन् ।
उनले ४ खेलमा ७.४० को इकोनमीमा १० विकेट हात पारेका छन् । जारी लिगमा कुलदीपको उत्कृष्ट बलिङ ३५ रन दिएर ४ विकेट लिनु हो । यो सूचीको चौथो नम्बरमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) का स्पिनर वानिन्दु हसरंगाको नाम आउँछ । उनले ५ खेलमा ८.१५ को इकोनमीमा १० विकेट लिएका छन् ।
जारी सिजननमा हसरंगाको उत्कृष्ट स्पेल २० रन दिएर ४ विकेट लिनु हो । त्यस्तै, सर्वाधिक सिजनको २५ म्याच सकिँदा सर्वाधिक विकेट लिने बलरको पाँचौं स्थानमा उमेश यादव छन् । कोलकाताबाट लिग खेलिरहेका उनले ६ खेलमा ६.७९ को उत्कृष्ट इकोनमीमा १० विकेट लिएका छन् ।
जारी सिजनमा उमेशको उत्कृष्ट बलिङ २३ रन दिएर ४ विकेट लिनु हो । यो सूचीको छैटौं स्थानमा गुजरात टाइटन्सका तीव्र गतिका बलर लकी फर्गुसनको नाम आउँछ । उनले ५ खेलमा ७.७० को इकोनमीमा ८ विकेट लिएका छन् ।
जारी संस्करणको फर्गुसनको उत्कृष्ट बलिङ २८ रन दिएर ४ विकेट लिनु हो । त्यस्तै, पर्पल क्याप दौडको सातौँमा आवेश खान (८), आठौँमा खलिल अहमद (७), नवौँमा ट्रेन्ट बोल्ट (७) र दशौँ स्थानमा राहुल चाहर (७ विकेट) रहेका छन् । त्यस्तै, डिजे ब्रावो र मोहम्मद शामीले पनि सात/सात विकेट लिएका छन् ।
राशिद खानको प्रदर्शन कस्तो?
महँगो मूल्यमा गुजरात टाइटन्समा अनुबन्धमा भएका स्टार स्पिनर राशिद खानले सिजनकाे कूल २५ म्याच सकिँदा सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । १५ करोड भारुमा गुजरातमा अनुबन्ध भएका उनले जारी सिजनमा ५ म्याच खेलिसकेका छन् । तर, राशिदले अपेक्षाकृत प्रदर्शन भने गर्न सकेका छैनन् ।
उनले पाँच खेलमा ६.५५ को स्ट्राइक रेटमा ६ विकेट मात्र लिएका छन् । जारी लिगमा राशिदको उच्च बलिङ २२ रन दिएर ३ विकेट लिनु हो । उनी यो अवस्थासम्म सर्वाधिक विकेट लिने सूचीको १५ औं स्थानमा छन् । अझै आधाभन्दा बढी म्याच खेल्न बाँकी नै रहेकाले राशिदको प्रदर्शनबारे धेरै व्याख्या गर्दा हतार होला ।











