काठमाडौं ।
नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ । नेपालले एएफसी एसियन कप छनोटअघि अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाल र अफगानिस्तानबीचको खेल कतारमा हुनेछ । खेल जेठ ११ र १५ गते दोहोमा हुने एन्फाले जनाएको छ । एन्फाले मैत्रीपूर्णका लागि अफगानिस्तानसँग प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव अफगानिस्तानले स्वीकार गरेको हो ।
छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालले पहिलो खेल ८ जुनमा खेल्नेछ ।















