काठमाडौं ।
१५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले पाँचौं जित हात पारेको छ । गएराति लखनउ सुपर जायन्ट्सलाई १८ रनले हराउँदै लिगमा बैंग्लोरले पाँचौं जित निकालेको हो ।
लखउको भने यो तेस्रो हार हो । आफ्नो सातौं खेलमा आरसिबीले दिएको १८२ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । उसका लागि कृणाल पाण्ड्याले २८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४२ रन बनाए ।
कप्तान केएल राहुल ३०, मार्कस स्टोइनिस २४, जेसन होल्डर १६, दीपक हूडा र आयुष बदोनी १३/१३ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बैंग्लोरका लागि जोश हेजलउडले चार ओभरमा २५ रन दिएर चार विकेट हात पारे । हर्षल पटेलले दुई, मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले एक/एक विकेट लिए ।
त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनायो । उसका लागि कप्तान फाफ डुप्लेसिसले उत्कृष्ट ब्याटिङ गरे । उनले ६४ बलमा ११ चौका र दुई छक्कासहित ९६ रन बनाए । त्यस्तै, सहबाज अहमदले २६, ग्लेन म्याक्सवेलले २३, दिनेश कार्तिकले अविजित १३ र सुयश प्रभुदेसाई ले १० रनको योगदान दिए ।
लखनउका लागि दुश्मन्था चामेरा, जेसन होल्डरले दुई÷दुई र कृणाल पाण्ड्याले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनायो ।
उसका लागि कप्तान फाफ डुप्लेसिसले उत्कृष्ट ब्याटिङ गरे । उनले ६४ बलमा ११ चौका र दुई छक्कासहित ९६ रन बनाए । फाफले सस्तैमा दुई विकेट गुमाएको अवस्थालाई अगाडि बढाउँदै उत्कृष्ट पारी खेले । त्यस्तै, सहबाज अहमदले २६, ग्लेन म्याक्सवेलले २३, दिनेश कार्तिकले अविजित १३ र सुयश प्रभुदेसाई ले १० रनको योगदान दिए ।
विराट कोहली शून्य र अनुज रावत चार रनमै आउट भए । लखनउका दुश्मन्था चामेरा, जेसन होल्डरले दुई/दुई र कृणाल पाण्ड्याले एक/एक विकेट लिए । यो जितसँगै बैंग्लोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ७ म्याच खेल्दा दुई खेलमा मात्र हार बेहोरेको छ ।
लखनउ चौथो स्थानमा छ । उसले सात खेलमध्ये चारमा जित र तीन खेलमा हारको सामना गरेको छ । त्यस्तै, अंक तालिकाको शीर्षमा गुजरात, तेस्रोमा राजस्थान, पाँचौंमा हैदराबाद, छैटौंमा कोलकाता, सातौँमा पञ्जाब, आठौँमा दिल्ली, नवौँमा चेन्नई र दशौँ स्थानमा मुम्बई रहेका छन् ।