काठमाडौं ।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ । गएराति सम्पन्न खेलमा उसले रियल सोसिडाडविरुद्ध १–० को रोमाञ्चक जित निकालेको हो । जितसँगै ऊ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
बिहीबार राति भ्रमणकारी टोली बार्सिलोनालाई जिताउन निर्णायक गोल पियरेक इम्रीक औबामेयाङकले गरे । उनले खेलको ११औँ मिनेटमा फेरान टोरेसको पास सदूपयोग गरे ।
इंग्लिस क्लब आर्सनलबाट बार्सिलोना झरेका औबामेयाङकको ११ खेलमा नौ गोल हो । जितपछि बार्सिलोना ६३ अंकसहित सेभियालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । रियल सोसिडाड तालिकाको छैटौं स्थानमा छ । शीर्ष स्थानमा रियल मड्रिड रहेको छ ।