Khabar Board
Flash logo up side
flash header

शतक बनाउँदा पनि सुख छैन राहुललाई, अब एक गल्ती गरे पर्नेछन् ठूलो कारबाहीमा

Nirbachan m

काठमाडौं ।

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार रातिको खेलमा लखनउले मुम्बई इन्डियन्सविरुद्ध ३६ रनको जित हात पार्‍यो । खेलमा कप्तान केएल राहुलले अविजित १०३ रन बनाए । जारी सिजनमा उनको यो दोस्रो शतकीय पारी हो ।

शतक बनाएर टिमलाई जिताएको खेलमा भने राहुल कारबाहीमा परेका छन् । उनी स्लो ओभर रेटको अपराधमा दोषी ठहरिएकाले उनलाई २४ लाख भारु जरिबाना गरिएको हो । राहुलबाहेक टोलीका अन्य खेलाडीलाई पनि ६ लाख वा म्याच फिको २५ प्रतिशतमा जुन कम हुन्छ त्यो जरिबाना लगाइएको छ ।

लखउनबाट जारी सिजनमा यसप्रकारको गल्ती दोस्रोपटक भएको हो । यदि जारी सिजनमा फेरि यो टोलीले यस्तो गल्ती दोहोर्‍याएमा कप्तान राहुललाई ३० लाख रुपैयाँ जरिवाना र एक खेलको प्रतिबन्ध लाग्नसक्छ ।

Center article

राहुल यो सिजनमा कुल तीनपटक कारबाहीमा परिसकेका छन् । उनी पहिलोपटक मुम्बईविरुद्धकै खेलमा स्लो ओभर रेटका कारण १२ लाख जरिवानामा परेका थिए । त्यो खेलमा पनि अविजित १०३ बनाउँदै राहुलले टिमलाई जित दिलाएका थिए ।

त्यस्तै, रोयल च्यालेन्जर्स बैंग्लोरसँगको खेलमा आचारसंहिता उल्लंघन गरेको भन्दै राहुललाई म्याच फिको २० प्रतिशत जरिवाना गरिएको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.