Khabar Board
Flash logo up side
flash header

गोलको वर्षा भएको खेलमा रियलमाथि सिटीको रोमाञ्चक जित

Nirbachan m

काठमाडौं ।

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ। सिटीको मैदानमा भएको खेलमा उसले रियललाई ४-३ गोलले पराजित गरेको हो।

खेलको दोस्रो मिनेटमा केभिन डि ब्रुएनलले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए। ११औं मिनेटमा गाब्रियल जेससले सिटीको अग्रता दोब्बर पारे। जसका कारण सिटी सुरुवातमै सहज अवस्थामा देखिएको थियो। रियलका लागि करिम बेन्जिमाले ३३ मिनेटमा गोल फर्काएका थिए।

पहिलो हाफमा २-१ गोलले अघि रहेको सिटीका लागि फोडेनले ५३ मिनेटमा तेस्रो गोल गरेका थिए। दुई मिनेट पछि नै रियलका भिनिसियस जुनियरले गोल गरेपछि रियलले खेललाई ३-२ को अवस्थामा ल्याएको थियो।

Center article

७४ मिनेटमा सिटीका लागि बेर्नान्डो सिल्भाले चौथो गोल गर्न सफल भए। ८२ मिनेटमा रियलका बेन्जिमाले पेनाल्टीमा गोल गरेपछि खेल ४-३ गोलको अवस्थामा पुगेको थियो। गत सिजनको फाइनलमा चेल्सीसँग १-० गोलले पराजित हुँदा सिटीले पहिलो पटक च्याम्पियन लिगको उपाधि उचाल्ने अवसर गुमएको थियो।

अब सिटी र रियलबीचको दोस्रो लेग अर्को साता रियलको मैदानमा हुनेछ। अर्को सेमिफाइनलमा लिभरपुल र भिल्लारियलबीच बुधबार राति प्रतिस्पर्धा हुँदैछ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.