काठमाडौं ।
एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अहिले टिमोर लिस्टेको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ। दोहाको ग्राण्ड हमाद स्टेडियमा भइरहेको खेलमा नेपाल पहिलो हाफमा २–० गोलले पछाडि परेको छ।
टिमोर लिस्टेले खेलको ४४औँ र ४५औँ मिनेटमा गोल गरेको हो। एसियन कप छनोटअघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्णमा टिमोर लिस्टेसँग खेलिरहेको हो।
तर, दुबै खेल मैत्रीपूर्ण अभ्यास खेलको रुपमा रहेको छ । फिफाले दुई मैत्रीपूर्णलाई अन्तराष्ट्रिय मैत्रीपूर्णको मान्यता दिएको छैन ।
नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जाने छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले छनोटका लागि कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् ।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
यो पनि : टिमोर लिस्टेविरुद्ध नेपालले लगातार फर्कायो दुई गोल
