काठमाडौं ।
एसियन कप छनोटको अघि आज नेपाली टिमले कतारमा आफ्नो पहिलो मैत्रीपूर्ण खेल खेलिरहेको छ। नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लिस्टेविरुद्ध खेलेको हो ।
एसियन कप छनोटको अघि आज नेपाली टिमले कतारमा आफ्नो पहिलो मैत्रीपूर्ण खेल खेलिरहेको छ। नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लिस्टेविरुद्ध खेलेको हो ।नेपाल र टिमोर लिस्टेको पहिलो हाफ २ गोलले पछि परेको छ।खेलको ४४ औं मिनेटमा गोल गर्दै टिमोर लिस्टेले अग्रता लिएको थियो । अर्को गोल ४५+१ औं मिनेटमा गोल गरेका थिए।
दोस्रो हाफको ५१ औं मिनेटमा नेपालका दर्शन गुरुङले गोल गरेको छन् भने नेपालका लागि खेलको ७२ औं मिनेटमा दोस्रो गोल गरेका छन्। अहिले नेपाल २- २ टिमोर लिस्टे छ। नेपाली राष्ट्रिय फुटबल टोलीले आफ्नो मुख्य खेलाडी नहुँदा केही दबाबमा देखाएको छ। पहिलो हाफमा गोल गर्ने सुनौलो मौका पाउँदा पनि गोल गर्ने सकेन।
नेपाली टोलीले कतारमा करिब ९ दिन तयारी गर्ने छ । नेपाली टोली जुन ४ मा कुवेत जाने छन् । घरेलु मैदानमा करिव डेढ महिनाको प्रशिक्षणपछि नेपाली टिम थप प्रशिक्षणका लागि हिजो कतार गहेको छ। यो बिचमा खेलाडी र प्रशिक्षकको विवादका कारण अहिले टिममा युवा खेलाडी राखिएको छ।
नेपालले एशियन कप छनोट खेल्न जान अगाडी दोहामा मैत्रीपुर्ण खेल खेल्ने योजना बनाएपनि अझै फाइनल नभएको बताइएको थियो । तर कतार फुटबलले सात वटा एसियन देशलाई घरेलु भूमीमा प्रशिक्षकणका लागि बोलाएको हो ।
एसियन कप छनोटको समुह ए मा रहेको नेपालले कुवेत, जोर्डन, इन्डोनेसिया जस्ता टिमसँग खेल्नेछ। जुन आठ देखि १४ सम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल जोर्डनसँग जुन ८ मा खेल्नेछ भने दोस्रो खेल जुन ११ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ। तेस्रो चरणको छनोटका शिर्ष टिम र पाँच समुहमा रहेका उत्कृष्ट दोस्रो हुने टिमले अन्तिम चरणमा स्थान बनाउनेछ।
पहिलो हाफको अन्त्यतिर टिमोरले दुई गोल गर्न सफल भएको थियो। खेलको ४४औं र लगत्तै पहिलो हाफमो इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा टिमोरले नेपालविरुद्ध अग्रता दोब्बर बनाएको थियो।
नेपाल र टिमोर लिस्टेविरुद्ध खेल राति ९ः४५ देखि सुरु भएको हो । फिफा वरियता हेर्ने हो हालसम्म नेपाल टिमोर लिस्टेसँग पराजित भएको छैन । फिफा वरियतामा टिमोर लिस्टे १९८ औं स्थानमा रहेको छ भने नेपाल फिफा वरियतामा १६८ औं स्थानमा रहेको छ।फिफा वरियता नेपाल टिमोर लिस्टे भन्दा ३० औं स्थान माथि रहेको छ ।
नेपाली टिम: गोलकिपरः दिप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा, डिफेन्डर: बिकाश खवास, बिकाश तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिब गुरुङ, सुमन अर्याल, मिडफिल्डरः आकाश बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदाम्बे, सुनील बल, सुरजजिउ ठकुरी, फरवार्डः आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
यो पनि : पहिलो हाफमै टिमोर लिस्टेविरुद्ध नेपालले खायो गोल
यो पनि : टिमोर लिस्टेविरुद्ध हारबाट जोगियो नेपाल, दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन