Khabar Board
Flash logo up side
flash header

नेपाल र क्यानडाबीचको दोस्रो खेल आज, यस्तो छ सम्भावित प्लेइङ–११

Nirbachan m

काठमाडौं ।

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार घरेलु टोलीको सामना गर्दैछ । दोस्रो एकदिवसीय अन्तर्गत नेपालले बुधबार क्यानडाको सामना गर्न लागेको हो । किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । यद्यपि आज पनि खेल हुने स्थानमा वर्षाको सम्भावना छ ।

नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको हो । पहिलो एकदिवसीय भने निरन्तरको वर्षाका कारण रद्द भएको थियो । नेपाल आज क्यानडालाई हराएर सिरिजमा सुखद अन्त्यको योजनामा हुनेछ ।

क्यानडा पनि नेपाललाई हराएर घरेलु सिरिजमा सुखद अन्त्यको योजनामा हुनेछ । विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

Center article

यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो। क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

नेपालको सम्भावित प्लेइङ–११ : कुशल भर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, देव खनाल, विनोद भण्डारी (विकेटकिपर), आदिल अन्सारी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने (कप्तान) ।

यो पनि : कप्तान सन्दीप लामिछानेलाई अनुबन्ध गरेपछि डम्बुला जाइन्ट्सले यस्ताे भन्छन्

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.