काठमाडौं ।
नेपाली राष्ट्रिय टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) मा डम्बुला जायन्ट्सबाट खेल्दै छन् । मंगलबार भएका खेलाडी ड्राफ्टमा सन्दीपलाई डम्बुला जाइन्ट्सले अनुबन्ध गरेको छ। डम्बुलाले सन्दीपलाई अन्तर्राष्ट्रिय डायमण्ड खेलाडीको रूपमा अनुबन्ध गरेको हो। सन्दीपलाई ४० हजार अमेरिक डलर अर्थात् ५० लाख ६१ हजार नेपाली रूपैयाँ अनुबन्ध गरेको हो।
सन्दीप विदेशी कोटाको डायमण्ड समूहमा रहेका थिए । सन्दीपसँगै डम्बुलाको टोलीमा ६ विदेशी खेलाडी रहेका छन् । अष्ट्रेलियन टिमबाट खेलिसकेका डार्सी सर्ट र बेन कटिङ रहेका छन् । न्युजिल्याण्डका विकेटकिपर ब्याट्सम्यान टिम सिफर्ट तथा पाकिस्तानका ब्याटर हैदर अलि समेत डम्बुलामा रहेका छन् । यस्तै वेस्ट इन्डिजका तीब्र गतिका बलर शेल्डन कट्रेल रहेका छन् । श्रीलंकाको सिमित ओभर क्रिकेटका कप्तान डसुन शनकाको कप्तानी यस टोलीमा रहने छ ।
यस्तै श्रीलंकाका विस्फोटक विकेटकिपर ब्याटरको छवि बनाएका भानुका राजापाक्षे, श्रीलंकाको टोलीबाट खेलिसकेका नुवान प्रदिप र रमेश मेन्डिस समेत डम्बुलाको टोलीमा रहेका छन् । यस लिगमा हरेक खेलमा एक टोलीमा चार विदेशी खेलाडी प्लेईङ -११ मा रहने नियम रहेको छ ।
त्यसैले सन्दीप प्लेईङ-११ मा रहने सम्भावना उच्च रहेको छ । सन्दीप अहिले नेपाली टोलीको नेतृत्व गर्दै क्यानडामा रहेका छन् । स्कटल्याण्डमा हुने आईसीसी विश्वकप लिग टूको तयारीका लागि नेपाली टोली क्यानडामा रहेको छ । यसैबीच, डम्बुलाले सन्दीपलाई सामाजिक सञ्जालमा स्टाटस लेख्दै टिममा स्वागत गरेको छ।
उसले सन्दीपलाई ‘च्याम्पियन स्पिनर’ भन्दै ट्वीट गरेको छ। उसले भनेको छ,‘नेपाली क्रिकेटका कप्तान तथा विश्वभर टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी ‘च्याम्पियन स्पिनर’ सन्दीप लामिछानेलाई स्वागत छ।’
लामिछानेले दिल्ली डेयर डेभिल्सबाट इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटसहित, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, वेष्टइन्डिज, क्यानडालगायतका देशमा लिग क्रिकेट खेलिसकेका छन् ।
Nepalese cricket captain and a player who has performed in #t20 cricket all over the world, champion spinner @Sandeep25
Welcome!#cricket #t20 #srilankacricket @LPLT20 pic.twitter.com/yCYhLDkQbG
— Dambulla Giants (@DambullaGiants) July 5, 2022
डाम्बुल्लाको पूर्ण टोली : डार्सी शर्ट, दसुन शनका, बेन कटिङ, भानुका राजपक्षे, सन्दीप लामिछाने, टिम सिफर्ट, हैदर अली, चथुरंगा डि सिल्भा,रमेश मेन्डिस, नुवान प्रदीप,शेल्ड्रन कटरेल, प्रमोद मदुशन, लासिथ क्रुसपुल,कलना परेरा,दिलुम सुदिरा, सचिता जयथिलेके,दुषण हेमन्थ, साशा डे अल्विस र रविन्दु फर्नान्डो
यो पनि : नेपाल र क्यानडाबीचको दोस्रो खेल आज, यस्तो छ सम्भावित प्लेइङ–११
यो पनि : सन्दीपले ‘लंका प्रिमियर लिग’ खेल्ने, लाखौं रुपैयाँमा भए अनुबन्ध
यो पनि : सन्दीप डम्बुलापछि अर्काे ठाउँमा पनि भए अनुबन्धित, टिममा हुने छन् यी खेलाडी