Khabar Board
Flash logo up side
flash header

यस्तो भन्छन् क्यानडासँग हारेपछि सन्दीप

Nirbachan m

काठमाडौं।

घरेलु टोली क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले हार व्यहोरेको छ । किङ सिटी स्टेडियममा बुधबार राति नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो ।

क्यानडाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमा समेटियो । नेपालका लागि देव खनालले सर्वाधिक २६ रन जोड्दा पवन सर्राफले १४ रन जोडे । विनोद भण्डारी, बसिर अहमेद र आदील आलम समान १३ रनमा आउट भए ।

कप्तान सन्दीप लामिछाने ११, रोहित पौडेल ६, कुशल भुर्तेल १ रनमा आउट हुँदा करण केसी ५ रनमा अविजित रहे । दिपेन्द्र सिंह ऐरी र आरिफ शेख खाता नखोल्दै पेभेलियन फर्किए ।

क्यानडाका अमर खालीद, सलमान नजर,रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन जोडेको थियो ।

Center article

क्यानडाका लागि श्रेयस मोभाले ५० रनको अर्धशतकीय इनिङ खेले । आरोन जोनसनले ४४ रन जोड्दा अमर खालीदले अविजित ३० रन बनाए । उदयवीर सिंहले १६ तथा अखिल कुमारले १२ रन जोडे ।

नेपालका कप्तान सन्दीपले ३ विकेट लिए । दिपेन्द्रले २ तथा बसिर अहमेद, किशोर महतो,करण केसी र आदील आलमले १/१ विकेट लिए । नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको हो । तर, पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो ।

क्यानडासँग हारेपछि नेपाली टिमका कप्तान सन्दीप लामिछानेले प्रतिक्रिया दिएका छन्। उनले सामाजकि सञ्जालमार्फत् भनेका छन्, ‘याद गर्नुहोस् सबैभन्दा कठिन अनुभवहरू प्रायः ती हुन्, जसले हामीलाई सबैभन्दा धेरै सिकाउँछन्।’

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.