काठमाडौं ।
नेपालका अन्तर्राष्ट्रिय खेलाडी जगजित श्रेष्ठले अबको केही हप्ताभित्र कुनै प्रतियोगिता नभए आफूले हरेक दिन त्यसको विरुद्ध आवाज उठाउने बताएका छन् । उनि केही वर्ष यतादेखि अष्ट्रेलियामा बसोबास गर्दै आईरहेका छन् । जगजित श्रेष्ठले नेपालको घरेलु फुटबलप्रति आक्रोश र असन्तुष्टी पोखेका छन् ।
जगजितले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै यसमा आफूलाई साथ दिन पनि अपिल गरेका छन् । जगजितले घरेलु फुटबलमा तीन महिना लिग खेलेर ९ महिना बेरोजगार भई बस्दा पनि सम्बन्धित खेलाडी, प्रशिक्षक, क्लब र रेफ्रीहरुले आवाज किन नउठाएको भनेर प्रति प्रश्न गरेका छन् । जगजितले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यो असन्तुष्टी पोखेका हुन् ।
जगजित लेख्छन्, ‘वर्षमा ३ महिनाको लिग खेलेर,९ महिना बेरोजगार हुँदा पनि.. हामी खेलाडि, रेफ्री र प्रशिक्षक किन कुनै अवाज उठाउदैनौ ??’ जगजितले त्यति मात्र नभएर यसबारे आफू एक्लैले भए पनि अब निरन्तर आवाज उठाउने समेत बताएका छन् । उनी अगाडी लेख्छन्, ‘यदि अबको केहि हप्तामा पनि कुनै प्रतियोगिता हुने छाँट्काँट भएन भने त्यसको बिरुद्ध म हरेक दिन अवाज उठाउनेछु । सक्नु हुन्छ भने तपाईहरु मलाई साथ दिनु होला । ॐ’
जगजितले अष्ट्रेलियामा रहेर पनि त्यहाँ विभिन्न क्लबहरुबाट व्यवसायीक फुटबल खेलेका छन् । साथै उनले गत सिजन शहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबका लागि पनि लिग खेलेका थिए ।
यो पनि : आज नेपालले माल्दिभ्सको सामना गर्दै, यस्तो छ दुवै टोलीबीचको विगत