Khabar Board
Flash logo up side
flash header

श्रीलंकासँग खेल्नुअघि यस्तो भन्छन् नेपालका मुख्य प्रशिक्षक मेघराज केसी

Nirbachan m

काठमाडौं ।

साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज बुधबार दोस्रो खेल खेल्दैछ । नेपालले दोस्रो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा माल्दिभ्समाथि ४-० को जित निकालेको नेपाल लगातार दोस्रो जितको खोजीमा छ । श्रीलंकालाई हराएर फाइनल यात्रा सहज बनाउने नेपालको लक्ष्य छ । श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो ।

श्रीलंका पहिलो जितको खोजीमा छ । नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले श्रीलंका विरुद्धको खेलमा अझ राम्रो प्रदर्शन गर्ने गरी तयारी गरेको बताए । ‘हामी पाँचै खेलको लागि तयारी गरेर आएका छौं । श्रीलंकाको पहिलो खेल हेरेर हामीले त्यही अनुसार यहाँ पनि तयारी गरेका छौं,’ मगलबार प्रशिक्षणपछि केसीले भने, ‘पहिलो खेल जितेपछि खेलाडीमा आत्मविश्वास बढेको छ ।’

पाँच टिम सहभागी च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्ने छन् । आजै आयोजक भारत र बंगलादेशबीचको खेल ४ बजे हुनेछ । भारतको यो पहिलो खेल हुनेछ। पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो।

यो पनि : नेपाल र श्रीलंकाबीचको खेल आज, यस्तो छ लाईभ हेर्ने सरल तरिका

साफ यू–२० को इतिहास

साफ यू–२० नाममा पहिलोपटक आयोजना हुन लागेको भएपनि यस प्रतियोगिताको सुरुवात सन् २०१५ मा भएको थियो । २०१५ मा साफ यू–१९ को नामबाट सुरुवात भएको यस प्रतियोगिता चौथो संकरणसम्म आइपुग्दा साफ यू–२० मा रूपान्तरण भएको हो । २०१७ र २०१९ मा यसलाई साफ यू–१८ को नामबाट आयोजना गरिएको थियो । हालसम्म यसको तीन संस्करण समापन भइसक्दा नेपालले दुई तथा भारतले एक उपाधि हात पारेका छन् ।

Center article

सन् २०१५ मा साफ यू–१९ को नाममा घरेलु भूमिमै आयोजना भएको यो प्रतियोगिताको पहिलो संकरणको उपाधि नेपालले जित्यो । उसले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै उपाधि हात पारेको हो । समूह चरणमा भुटानलाई ३–१ र बंगलादेशलाई २–१ ले हराएको नेपालले सेमिफाइनलमा अफगानिस्तालाई ३–२ ले पराजित गरेको थियो ।

सन् २०१८ मा यो प्रतियोगिता साफ यू–१८ को नामले भुटानमा आयोजना गरियो । यो पटक पनि विजेता बन्दै नेपालले उपाधि रक्षा गर्न सफल भयो । सिंगल राउण्ड रोबिनाका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा नेपालले माल्दिभ्स र भारतलाई समान २–० तथा बंगलादेशलाई २–१ ले पराजित गर्दा भुटानसँग १–० को हार बेहोरेको थियो । बंगलादेशसँग समान ९ अंक रहे पनि नेपाल ‘हेड टु हेड’ को आधारमा शीर्ष स्थनमा रहँदै विजेता बनेको हो ।

सन् २०१९ मा पनि यो प्रतियोगिता साफ यू–१८ कै नामले आयोजना गरियो । नेपालमै आयोजना भएको यो संस्करणको उपाधि भारतले उचाल्यो । भारतले फाइनलमा बंगलादेशलाई २–१ ले हराउँदै उपाधि उचालेको हो । अघिल्लो दुई संस्करणको विजेता नेपालले भने घरेलु भूमिमै समूह चरण पार गर्न सकेन ।

समूह ‘ए’ मा रहेको नेपालले माल्दिभ्ससँग १–१ को बराबरी खेल्दा भुटानसँग ३–० को फराकिलो हार बेहोर्‍यो । पहिलो संस्करणमा समूह ‘बी’ का दुवै खेलमा हार बेहोरेको माल्दिभ्सले समूह चरण पार गर्न सकेन । ऊ अफगानिस्तासँग ३–१ र भातसँग ३–० ले पराजित भएको थियो ।

सिंगल राउण्ड रोबिनाका आधारमा सञ्चालित प्रतियोगिताको दोस्रो संस्करणमा पनि माल्दिभ्स बिना जित अन्तिम रहेर बाहिरियो । माल्दिभ्स भुटानसँग १–०, नेपाल र बंगलादेशसँग समान २–० तथा भारतसँग २–१ ले पराजित भएको थियो । अघिल्ला दुई संकरणमा जितविहीन हुँदै बाहिरिएको माल्दिभ्सले तेस्रो संस्करणमा भने तेस्रो स्थान हासिल गर्‍यो ।

भुटान गोलरहित तथा नेपालसँग समान १–१ को बराबरी खेल्दै समूह ‘ए’ को उप विजेतका रुपमा सेमिफाइनल पुगेको माल्दिभ्स भारतसँग ४–० ले पराजित हुँदै फाइनलमा स्थान बनाउन असफल रह्यो । माल्दिभ्सले तेस्रो स्थानका लागि भएको खेलमा भुटानलाई १–० ले पराजित गरेको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.