वेस्ट इन्डिजविरुद्ध भारतको क्लिन स्विप, यी खेलाडी बने जितका ‘नायक’

Image

काठमाडौ ।

घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा भारतले क्लिन स्विप गरेको छ । बुधबार राति वर्षाले प्रभावित खेलमा डीएलल पद्दतिको आधारमा १ सय १९ रनको जित निकाल्दै भारतले सिरिज ३-० ले जितेको छ । वर्षाका कारण खेल ३५ ओभरमा घटाईएको थियो ।

क्विन्स पार्क ओभलमा भएको खेलमा २ सय ५७ रनको लक्ष्य पाएको घरेलु टोली २६ ओभरमा १ सय ३७ रनमा अलआउट भयो । उसका कप्तान निकोलस पुरन र ब्राण्डन किंग्सले समान ४२/४२ रन बनाए । शाई होपले २२ तथा हेडन वाल्स जुनियरले १० रन बनाए । अन्य ७ खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

घरेलु टोलीलाई सस्तैमा समेट्न युजभेन्द्र चाहेलले ४ विकेट लिए । मोहम्मद सिराज तथा शार्दुल ठाकुरले समान २/२ विकेट लिए । त्यस अघि पहिले ब्याटिङ गरेको भारतले ३६ ओभरमा ३ विकेट गुमाएर २ सय २५ रन बनाएको थियो ।

भारतका लागि सुबमन गिल तथा शिखर धवनले अर्धशतक बनाए । गिलले अविजित ९८ तथा धवनले ५८ रन बनाए । श्रेयस ऐयरले ४४ रन बनाए । वेस्ट इन्डिजका लागि हेल्डन वाल्स जुनियरले २ तथा अकेल होसेनले १ विकेट लिए । अब दुई टोलीबीच पाँच खेलको टी-ट्वान्टी सिरिज शुक्रबारबाट सुरु हुनेछ ।

एसिया कप क्रिकेट युएईमा हुने पक्का,

एसीसी एसिया कप क्रिकेट २०२२ युएईमा आयोजना हुने भएको छ । श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो।

श्रीलंका क्रिकेट बोर्ड भने एसिया कप श्रीलंकामै गर्ने योजनामा रहेको थियो। तर, एसियन क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप युएईमा गर्ने निर्णय गरेको हो । टी-ट्वान्टी फर्म्याटमा आयोजना हुने एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तालिका छ ।

एसिया कपमा एसियाको टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने १ राष्ट्र गरि ६ टिम सहभागी हुनेछन् । भारत पछिल्लो एसिया कप २०१८ को च्याम्पियन हो ।