काठमाडौं।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नयाँ एकदिवसीय वरीयता सार्वजनिक गरेको छ। आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको वरीयता यथावत रहेको हो ।
एकदिवसीयको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ। अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो। नयाँ वरीयतामा न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ।
इंग्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । पाकिस्तान चौथो स्थानमा रहँदा अष्ट्रेलिया पाँचौं स्थानमा रहेको छ। टी–२० वरीयतामा नेपाल १३औं स्थानमा रहेको छ।
वेस्ट इन्डिजविरुद्ध भारतको क्लिन स्विप, यी खेलाडी बने जितका ‘नायक’
घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा भारतले क्लिन स्विप गरेको छ । बुधबार राति वर्षाले प्रभावित खेलमा डीएलल पद्दतिको आधारमा १ सय १९ रनको जित निकाल्दै भारतले सिरिज ३-० ले जितेको छ । वर्षाका कारण खेल ३५ ओभरमा घटाईएको थियो ।
क्विन्स पार्क ओभलमा भएको खेलमा २ सय ५७ रनको लक्ष्य पाएको घरेलु टोली २६ ओभरमा १ सय ३७ रनमा अलआउट भयो । उसका कप्तान निकोलस पुरन र ब्राण्डन किंग्सले समान ४२/४२ रन बनाए । शाई होपले २२ तथा हेडन वाल्स जुनियरले १० रन बनाए । अन्य ७ खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
घरेलु टोलीलाई सस्तैमा समेट्न युजभेन्द्र चाहेलले ४ विकेट लिए । मोहम्मद सिराज तथा शार्दुल ठाकुरले समान २/२ विकेट लिए । त्यस अघि पहिले ब्याटिङ गरेको भारतले ३६ ओभरमा ३ विकेट गुमाएर २ सय २५ रन बनाएको थियो ।
भारतका लागि सुबमन गिल तथा शिखर धवनले अर्धशतक बनाए । गिलले अविजित ९८ तथा धवनले ५८ रन बनाए । श्रेयस ऐयरले ४४ रन बनाए । वेस्ट इन्डिजका लागि हेल्डन वाल्स जुनियरले २ तथा अकेल होसेनले १ विकेट लिए । अब दुई टोलीबीच पाँच खेलको टी-ट्वान्टी सिरिज शुक्रबारबाट सुरु हुनेछ ।












