काठमाडौं ।
सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको छ । यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारतविरुद्ध निरिह बन्दा एक गोल पनि फर्काउन सकेन ।
पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा गोलको वर्षा गर्दै ७ गोल थप्यो । अघिल्ला दुई खेलमा ७ गोल गरेको नेपालले भारतसँग मात्र ७ गोल खायो । यस हारले फाइनल पुग्ने नेपालको लक्ष्यमा झड्का लागेको छ । तीन खेलबाट नेपालको ६ अंक छ ।
उति नै खेलबाट ६ अंक जोडेको भारत हेड टु हेड र गोल अन्तर दुवैमा नेपालभन्दा अघि छ र दोस्रो स्थानमा छ । बंगलादेश सबै तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ । अब नेपालले फाइनल पुग्न अन्तिम खेलमा बंगलादेशलाई हराउनै पर्नेछ भने अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित हुनुपर्नेछ वा बराबरीमा रोकिनुपर्नेछ ।
भुवनेश्वरको कालिंगा स्टेडियममा भएको खेलको ३२औं मिनेटमा टाइसन सिंह लवइटोङबामले गर्दै भारतलाई अग्रता दिलाएका थिए । एकपक्षिय जस्तै बनेको खेलमा नेपालले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन भने भारतले लगातार गोल गरिरह्यो ।
पार्थिव सुन्दर गोगोईले ५०औ र ५२औं मिनेटमा गोल गर्दै भारतको अग्रता ३-० बनाए । पथुम गिमहानाले ६४औं मिनेटमा गोल गर्दै भारतको अग्रता ४-० बनाए । भारत रोकिएन । ७१औं मिनेटमा हिमांशु जाँग्राले पेनाल्टीमा गोल गर्दै भारतको अग्रता ५-० बनाए ।
मोहमेद रिकाज ७८औं मिनेटमा गोल गर्दै भारतलाई ६-० को अग्रता दिलाए । भारतले गोलको वर्षालाई अन्तिमसम्म कायम राख्यो । ९०औं मिनेटमा गुरकिरत सिंहले गोल गर्दै भारतलाई ७-० को अग्रता दिलाए । शुभो पउलले इन्जुरी टाइममा गोल गर्दै भारतलाई ८-० को जित दिलाए ।
यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १-१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ।
भारतबिरुद्द नेपालको ८-० को लज्जास्पद हारपछी खेलाडीलाई हौसला दिदै मुख्य प्रसिक्षक अब्दुल्लाह अल्मुतैरी आफ्नो समजिक संजालमा पोस्ट गर्दै लेख्छन ” हामी आज हार्यौ, तर यो खेलको अन्त्य होइन, आजको खेल बिर्सनुहोस् र अब आउने अर्को खेलमा ध्यान केन्द्रित गरौं”।
भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा बंगलादेशले लगातार तेस्रो जित हासिल गर्दै बंगलादेशले एक खेल अघि नै प्रवेश गरिसकेको छ।बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो।
भने दोस्रो खेलमा भारतलाई २–१ ले हराएको थियो ।बंगलादेशले आफ्नो तेस्रो खेलमा हिजो माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो । बंगलादेशले तीन खेलमा ९ अंक जोडेको छ ।
भारतसँग फराकिलो हारपछि दुःखी हुदै यस्तो भन्छन् प्रशिक्षक केसी
साफ यू-२० च्याम्पियनसिपअन्तर्गत नेपालले तेस्रो खेलमा नमिठो हार बेहोर्यो। आइतबार भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपाललाई घरेलु टिम भारतले ८-० गोलले पराजित गर्यो। नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वीविरूद्ध बेहोरेको यो ठूलो हार हो।
समूहमा यसअघि लगातार दुई खेलमा जित निकालेको नेपालका लागि फाइनल यात्रा समेत कठिन बनेको छ। अन्तिम खेलअघि शीर्ष स्थानको बंगलादेशको ९ अंक छ। दोस्रो स्थानको भारत र तेस्रो स्थानको नेपालको ६-६ अंक छ। गोलअन्तरमा भने भारत अघि छ। भारतको गोलअन्तर ११ छ भने नेपालको -१ छ।
माल्दिभ्स र श्रीलंका भने फाइनल यात्राबाट बाहिर भइसकेको छन्। अब नेपालले अन्तिम खेलमा भोलि शीर्ष स्थानको बंगलादेशसँग खेल्नेछ। भारतले भोलि नै माल्दिभ्ससँग भिड्नेछ। बंगलादेशलाई फाइनल पुग्न बराबरी भए पुग्छ भने भारत र नेपालका लागि जित आवश्यक छ।
नेपालले जित निकालेको अवस्थामा पनि गोलअन्तरमा बंगलादेशलाई पछि पार्न पर्ने स्थिति छ। बंगलादेशको गोलअन्तर ५ छ। भारत पराजित वा बराबरीमा रोकिएको अवस्थामा भने नेपालले जित निकाले फाइनल पुग्न सक्छ। भारतसँगको फराकिलो हारपछि नेपाली टिमका प्रमुख प्रशिक्षक मेघराज केसीले दु:ख व्यक्त गरेका छन्।
‘टिमलाई सपोर्ट गर्नु भएकोमा सबै जनालई धन्यवाद,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खेलाडीमा अनुभवको कमी छ, तर उनीहरू प्रतिभाशाली छन्।’ उनले अघि लेखेका छन्, ‘आज हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दु:खी छौं।’
उनले हारको दोष खेलाडीलाई नदिन पनि भनेका छन्। ‘खेलाडी र एन्फालाई दोष नदिनुहोला। यो मेरो गल्ती हो,’ उनको भनाइ छ, ‘अब अर्को खेलका लागि दुई दिनको समय छ। मेरो फाइदाका लागि फुटबल डुबाउन सक्दिन। धन्यवाद।’