Khabar Board
Flash logo up side
flash header

नेपालको बलिङ कोचमा रोडी इस्टविक नियुक्त

Nirbachan m

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडी इस्टविक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार उनलाई प्रशिक्षक नियुक्त गरेको हो।

Center article

आइसिसी टी-२० विश्वकप अघि उनलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको हो। वेस्ट इन्डिजका उनीसँग क्षेत्रीय टिमसँग काम गरेको अनुभव छ।

६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इण्डिजको बी टीमको प्रशिक्षक थिए । उनले ३७ फर्स्ट क्लास क्रिकेटमा १४१ विकेट लिएका छन् ।

नेपाली क्रिकेट टिम भारतमा तयारी गरेपछि ओमान जाने कार्यक्रम छ। ओमानमा नेपालले एसिसी प्रिमियर कप खेल्दैछ। त्यसपछि नेपाल विश्वकप खेल्न अमेरिका जाने कार्यक्रम छ। विश्वकप जेठ दोस्रो सातादेखि हुँदैछ। नेपालले १० वर्षपछि विश्वकप खेल्न लागेको हो।

 

यो पनि : को हुन् नेपालको बलिङ कन्सलट्यान्टमा नियुक्त भएका रोडी इस्टविक?

यो पनि : नेपालको बलिङ कोच भए लगत्तैरोडी रोडी इस्टविकले दिए यस्तो प्रतिक्रिया

 

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.