Khabar Board
Flash logo up side
flash header

टी–२० विश्वकप खेल्ने टिमबारे यस्तो भन्छन् कप्तान रोहितकुमार पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी–२० विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका छन् ।

बुधबार वेस्ट इन्डिज ‘ए’ सँगको तेस्रो खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा पौडेलले सबै खेलाडीहरूको खेल हेरिसकेको भन्दै विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका हुन् ।

यातायात कार्यालय हेटौँडा

यो पनि : टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, क-कसले पाए माैका ?

उनले अहिले खेलिरहेका सबै खेलाडीहरू फिट रहेपछि विश्वकप खेल्ने १५ खेलाडीबारे स्पष्ट भइसकेको बताए । उनले विश्वकप खेल्ने नेपाली टिम मजबुद रहेको पनि जिकिर गरे । पौडेलले दुई खेलपछि आफू आरामका लागि तेस्रो खेल नखेलेको बताए ।

त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिज ‘ए’सँगको जारी सिरिजमा नेपाली टिमलाई निकै अनुभव भएको बताए । उनले नेपाली टिमको तयारीप्रति पूर्णरूपमा सन्तुष्ट रहेको भन्दै दबाबलाई सम्हाल्न सक्ने अवस्थामा टिम रहेको जिकिर गरे ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.