Khabar Board
Flash logo up side
flash header

फ्लेचर र चार्ल्सको अर्धशतकमा वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई विशाल लक्ष्य

काठमाडौँ । आन्द्रे फ्लेचर र जोनसन चार्ल्सको अर्धशतकमा वेस्ट इन्डिज ‘ए’ नेपाललाई २१० रनको विशाल लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रन बनाए । उनले ५४ बलमा ९ चौका र ४ छक्का हिर्काए ।  यसअघिको खेलमा शतक बनाएका जोन्सन चार्ल्सले अर्धशतकीय इनिङ्स खेले । उनले मात्र ३० बलमा ५८ रन बनाए । यस क्रममा उनले ३ चौका र ६ छक्का हिर्काए । त्यस्तै, फाबियन एलनले ३३ रनको योगदान दिए ।

यातायात कार्यालय हेटौँडा

नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए । पाँच खेलको शृङ्खलामा वेस्ट इन्डिज २–१ ले अघि रहेको छ । शृङ्खला नगुमाउन नेपालले आज जित्नै पर्ने दबाब छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि दोस्रो खेलमा १० रन तथा तेस्रो खेल ७६ रनले गुमाउन पुगेको थियो ।

नेपाली टोली : आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी

वेस्ट इन्डिज ‘ए’ टोली : रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल र हेडन वाल्स

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.