सन्दीप पनि विश्वकप खेल्ने क्रिकेट टोलीको बिदाइमा कार्यक्रममा उपस्थित

Image

काठमाडौँ । आईसीसी टी–२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा सन्दीप लामिछाने सहभागी भएका छन् । टीमको बिदाइका लागि सोल्टी होटलमा क्यानले कार्यक्रम आयोजना गरेको कार्यक्रममा सन्दीप उपस्थित भएका हुन् ।

क्यानले बुधबार नै टी–२० विश्वकप खेल्न नेपाली टोलीको घोषणा गरेको थियो, तर सन्दीप भने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा परेका छैनन् ।

नेपाली क्रिकेट टीम भोलि अमेरिका प्रस्थान गर्दैछ । सन्दीपले कार्यक्रमस्थलमा आएर क्यानका सचिव पारस खड्कासँग अंकमाल गरेका थिए । यसैगरि नेपाली टीमका प्रशिक्षक माेन्टी देसाइ र अरु खेलाडीहरुसँग अंकमाल र वेस्ट इन्डिजका  हात मिलाए थिए।

विश्वकप खेल्ने टोलीः रोहित पौडेल, आशिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनास बोहोरा, सागर ढकाल, कमल सिंह ऐरी

टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने विश्वकपको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।