Khabar Board
Flash logo up side
flash header

नेपाल आएका यी ३ खेलाडी सहित विश्वकप खेल्ने वेष्ट इण्डिजको टिम घोषणा

काठमाडौं । वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी सहित सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा समावेश भएका छन् ।

दुई पटकको विजेता वेस्ट इन्डिजको कप्तानी रोभमन पावेलले गर्ने छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती टोलीमा परेका छन् ।

यातायात कार्यालय हेटौँडा

विश्वकप जुन १ देखि २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा हुँदैछ । वेस्ट इन्डिज रहेको समय सि मा न्यूजिल्यान्ड, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी रहेका छन् ।

वेस्ट इन्डिज टोली: रोभमन पावेल (कप्तान), अल्जारी जोसेफ (उपकप्तान), जोन्सन चार्ल्स, सिमरन हेटमायर, जेसन होल्डर, साई होप, अकिल होसेन, शमार जोसेफ, ब्राण्डन किंग, गुडकेश मोति, निकोलास पुरन, आन्द्रे रसेल, रोमारियो शेफर्ड र शरफेन रदरफोर्ड

May be an image of 4 people and text that says "ICC EN' T20 WORLD CUP WEST INDIES SQUAD WIReady ROVMAN ALZARRI JOHNSON POWELL (C) JOSEPH (VC) CHARLES ROSTON CHASE SHIMRON HETMYER JASON HOLDER SHAI HOPE AKEAL HOSEIN SHAMAR JOSEPH BRANDON KING GUDAKESH NICHOLAS MOTIE POORAN ANDRE RUSSELL SHERFANE ROMARIO RUTHERFORD SHEPHERD"

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.