वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले टस हार्यो

Image

काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ ले ५ टी–२० शृंखलाअन्तर्गत अन्तिम तथा पाँचौँ खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्

नेपाली टोलीमा दुई परिवर्तन भएको छ । बिहीबारको खेलमा टिममा रहेका ललितनारायण राजवंशी र गुलसन झा बेन्चमा रहेका छन् । अनिल शाह र सागर ढकालले मौका पाएका छन् ।

नेपालको प्लेईङ-११ : रोहितकुमार पौडल (कप्तान), आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा ।