एजेन्सी । नेपाली मुलका भारतीय फुटबलर सुनिल क्षेत्रीले सन्यासको घोषणा गरेका छन् । भारतबाट सर्वाधिक गोल गर्ने कीर्तिमानी स्ट्राइकर क्षेत्रीले जुन ६ मा हुने फिफा विश्वकप क्वालिफायरको कुवेतविरुद्धको खेल आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताए।
सुनिल क्षेत्रीले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै सन्यासको घोषणा गरेका हुन् । सामाजिक सञ्जाल एक्समार्फत एउटा भिडिओ जारी गर्दै उनले भनेका छन्, ‘मेरो १९ वर्षको यात्रा एउटा जिम्मेवारी, दवाव र अदम्य खुशीको समिश्रण थियो । मैले अब कुवेत विरुद्धको खेल मेरो सम्भवत अन्तिम हुनेछ,’।
कप्तान क्षेत्रीको पोस्टमा भारतीय क्रिकेट टोलीका खेलाडी विराट कोहलीले समेत कमेन्ट गरेका छन् । उनको पोस्टमा विराट कोहलीको कमेन्ट निकै भाइरल भइरहेको छ । सुनिल क्षेत्रीको पोस्टमा विराट कोहलीले लेखेका छन्- ‘मेरो भाइ, तिमीमा गर्व छ…’
https://twitter.com/mufaddal_vohra/status/1790971807438451148?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1790971807438451148%7Ctwgr%5Eafd64e5a9b79f2be43cac520d6e40226a94f51c4%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fnewspolar.com%2Farchives%2F254063
विराट कोहली बाहेक फिफा आईपीएल टीम रोयल च्यालेन्जर्स बैंगलोर र बीसीसीआई लगायत धेरै प्रसिद्ध व्यक्तिहरूले सुनील क्षेत्रीको सन्यासलाई लिएर आफ्नो विचार व्यक्त गरेका छन्। साथै, फ्यानहरूले भारतीय कप्तानलाई उनको सन्यासको शुभकामना पनि दिएका छन्।
https://twitter.com/BCCI/status/1790969762408812834?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1790969762408812834%7Ctwgr%5Eafd64e5a9b79f2be43cac520d6e40226a94f51c4%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fnewspolar.com%2Farchives%2F254063
सन् २००२ मा डेब्यू गरेका क्षेत्रीले आफ्नो उत्कृष्ट करियरमा भारतको लागि १५० म्याचमा ९४ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले पहिलो अन्तर्राष्ट्रिय गोल पाकिस्तानविरुद्ध गरेका थिए ।
अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय खेलाडीमध्ये उनी गोल स्कोरिङको हिसाबले लियोनल मेस्सी र रोनाल्डोभन्दा पछाडि तेस्रो स्थानमा छन् । अलटाइम फुटबलरहरुमध्ये चौंथो स्थानमा छन् ।














