परराष्ट्र मन्त्रालयले सन्दीपको भिसा पहल गरेपछी अमेरिकी दूतावासबाट के आयो प्रतिक्रिया?

Image

काठमाडौँ । परराष्ट्र मन्त्रालयले क्रिकेटर सन्दीप लामिछानेको भिसाबारे नेपालस्थित अमेरिकी दूतावाससँग पहल गरेपनि हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।

परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले गत शुक्रबार अमेरिकी दूतावासका डीसीएम र कन्सुलर चिफलाई बोलाएर मन्त्रालयमा छलफल गरेका थिए ।

स्रोतका अनुसार सो छलफलमा परराष्ट्र मन्त्रालयले लामिछानेलाई भिसा नदिएको कारणबारे सोधेका थिए । जवाफमा अमेरिकी दूतावासको तर्फबाट आफ्नो नीति नियमको बारेमा जानकारी गराएका थिए ।

अरू थप कुरा पछि जानकारी गराउने दूतावासले भनेका मन्त्रालयले जानकारी गराएको छ । तर हालसम्म कुनै जानकारी नआएको मन्त्रालयको भनाइ छ । यस विषयमा मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईसँग बुझ्दा त्यस विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए ।