भावुक हुँदै सन्दीपले भने – मेरो सपना पूरा नभए पनि मेरो देशको सपना पूरा भएको छ

Image

काठमाडौं । टी–२० विश्वकप नजिकिँदै जाँदा नेपालका स्टार खेलाडी सन्दीप लामिछानेले अमेरिकी दूतावासबाट भिसा पाउन सकिरहेका छैनन् ।

उनको भिसाको लागि नेपाल क्रिकेट संघ (क्यान)ले पहल गरिरहेको भए पनि सन्दीपले आजसम्म भिसा पाउन सकेका छैनन् ।

यसैबीच, सन्दीपले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो सपना पूरा हुन नसकेपनि देशको सपना पूरा भएको भन्दै आफू त्यसमा खुसी भएको उल्लेख गरेका छन् । उनले भनेका छन् – मेरो सपना पूरा नभए पनि म एक कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ ।

बलात्कार मुद्धामा उच्च अदातलते सन्दीपलाई सफाइ दिएपपछि उनको विश्वकप खेल्ने सपना पूरा  हुने भएको थियो। तर अमेरिकी दुतावासले उनलाई भिषा दिन अस्वीकार गरेपछि उनको विश्वकप खेल्ने सपना अधुरै रहने देखिएको छ।

दूतावासले सन्दीपलाई भिषा दिन अस्वीकार गरेपछि अहिले उच्च तहबाट नै उनलाई भिसा दिलाउन पहल भइरहेको छ। यद्यपी अमेरिकाले उनलाई भिसा दिने सम्भावना भने कम छ।

भिसा पाउने नपाउने अन्योलताकैै बीच सन्दीले सोमबार सामाजिक सञ्जालमा यस्तो लेखेका हुन्।

विश्वकपका लागि सन्दीपलाई भिषा दिन पहल गर्नका लागि सोमबार मात्रै नेपाल क्रिकेट (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द सहित पदाधिकारी र सन्दीपले परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठसँग भेट गरेका थिए। सोमबार दुतावास बन्द रहेकाले मंगलबार आफुले पहल गर्ने मन्त्री श्रेष्ठले बताएका थिए।