सन्दीप लामिछानेलाई अमेरिकाको भिसा माग गर्दै प्रदर्शन, अमेरिकन राजदूताबास घेर्न जाँदै (तस्बिरहरू)

Image

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको भिसाका लागि युवाहरूले दबाब दिएका छन् । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि युवाहरूले दबाब दिएका हुन् ।

अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि भिसा दिन माग गर्दै युवाको समूह माइतीघर मण्डलाबाट महाराजगञ्जस्थित अमेरिकन राजदूतावास घेर्न लागेका हुन् ।

बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।