अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्दै

Image

काठमाडौं । आइसीसी टि२० विश्वकप अन्तर्गत दोस्रो वार्म अप खेलमा संयुक्त राज्य अमेरिकाले नेपालविरुद्ध खेलमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ ।

टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा नेपालले पहिलो फिल्ड गर्ने भएको हो । नेपालले वार्म अपको पहिलो खेलमा क्यानडासँग ६३ रनको हार बेहोरेको थियो । त्यस्तै अमेरिकाको बंगलादेशविरुद्ध हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो ।

आज पनि ग्रान्ड प्रेरी परिसरमा वर्षाको सम्भावना रहेको छ । हालसम्म भने मैदानमा घाम लागेको छैन । वार्म अप खेल भएकाले दुवै टोलीले आफ्नो सबै १५ खेलाडी प्रयोग गर्न पाउने प्रावधान छ । नेपालले पछिल्लो खेलमा १२ खेलाडी प्रयोग गरेको थियो ।