यस्तो छ नेदरल्यान्ड्सविरुद्ध नेपाल सम्भावित प्लेईङ-११

Image

काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समुह डी मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ ।

दश वर्ष पछि विश्वकपमा स्थान बनाएको नेपाल नेदरल्यान्ड्ससँगको खेल जित्दै आफ्नो दोस्रो विश्वकपको सुरुआत बलियो बनाउँन चाहन्छ । यसका लागि नेपाल आफ्नो बलियो प्लेईङ-११ को साथ मैदान उत्रने सम्भावना छ ।

नेदरल्यान्ड्सविरुद्ध नेपालको सम्भावित प्लेईङ-११ यसप्रकारको हुने सम्भावना छ । ओपनर जोडिका रुपमा कुशल भुर्तेल र आसिफ शेखको जोडिले निरन्तरता पाउने सम्भावना रहेको छ । कुशल र आसिफको जोडिबाट उत्कृष्ठ सुरुआतको अपेक्षामा टिम रहने छ । शेखलाई विकेट किपरको भुमिकामा देखिदा कुशलले लेगस्पिन बलिङको जिम्मेवारी सम्हाल्न पर्नेछ ।

यो पनि : टी-२० विश्वकपमा आज नेपाल र नेदरल्याण्डस खेल्दै, यसरी हेर्ने सकिन्छ लाइभ

तेस्रो नम्बरमा कप्तान रोहितकुमार पौडेललाई देख्ने सम्भावना रहेको छ । ब्याटिङमा पौडेलबाट कप्तानी ईनिङका साथ केही ओभर बलिङको समेत अपेक्षामा टिम रहेको छ । चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरीको सम्भावना रहेको छ । ब्याटिङ, बलिङ र फिल्डिङमा ऐरीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षमा टिम नेपाल रहेको छ ।

पाँचौ नम्बरमा सन्दीप जोराको सम्भावना रहेको छ । मध्येक्रमको ब्याटिङमा जोराबाट बलियो अपेक्षा रहँदा उनको आक्रामक फिल्डिङको अपेक्षामा टिम रहने छ । छैटो स्थानमा कुशल मल्लको सम्भावना छ । आक्रामक ब्याटिङका लागि चिनिने मल्लको आक्रमक प्रदर्शनको अपेक्षामा टिम रहने छ । मल्लबाट केही ओभर स्पिन बलिङ को समेत विकल्प रहने छ ।

सातौं नम्बरमा अर्का अलराउन्डर गुलसन झाको सम्भावना रहेको छ । तल्लो क्रममा आएर उत्कृष्ट ब्याटिङ क्षमता राख्ने झाबाट यस खेलमा पनि सोहि आक्रमकताको खोजिमा टिम रहने छ । झा तीव्र गतिको बलिङ विकल्पका रुपमा रहेका छन् ।

आठौं र नवौं नम्बरमा तीव्र गतिका बलर करण केसी र सोमपाल कामीको सम्भावना छ । यि दुवै बलरमा तल्लो क्रममा ब्याटिङ गर्दै राम्रो हिटिङको क्षमता समेत रहेको छ । दशौं नम्बरमा सागर ढकालको सम्भावना रहेको छ । नेपालको स्पिन बलिङको नेतृत्व गर्ने सागरबाट बलिङमा राम्रो प्रदर्शनको अपेक्षा रहेको छ ।

एघारौं नम्बरमा तीव्र गतिका बलर अभिनास बोहराको सम्भावना रहेको छ । डेथ ओभरका लागि परिचित बोहरालाई डेथ ओभरमा नेपालले पछिल्लो समयमा व्यहोरि रहेको धेरै रनको समस्या हटाउने चुनौती छ ।

नेपालको सम्भावित प्लेईङ-११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, सागर ढकाल र अभिनास बोहरा