विराटलाई पछि पार्दै बाबर शीर्षस्थानमा, बने यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी

Image

एजेन्सी । पाकिस्तानका कप्तान बाबर आजम टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी रन बनाउने खेलाडीहरूको सूचीको पहिलो स्थानमा पुगेका छन् । उनले यस मामिलामा भारतीय ब्याटर विराट कोहलीलाई उछिनेका हुन् ।

बिहीबार अमेरिकासँग भएको खेलमा ४४ रन जोड्दै बाबरले टी–२० अन्तर्राष्ट्रियमा ४ हजार ६७ रन बनाएका छन् । उनले १२० खेलमा ४१.०८ को औसतले ३ शतक र ३६ अर्धशतक प्रहार गरेका छन् ।

दोस्रो स्थानमा रहेका विराट कोहलीले ४ हजार ३८ रन बनाएका छन् । यो सूचीको तेस्रो स्थानमा भारतकै रोहित शर्मा रहेका छन् । उनले ४ हजार २६ रन बनाएका छन् ।

चौथो स्थानमा आयरल्याण्डका पाउल स्टर्लिङ छन् । उनको ३ हजार ५९१ रन छ । पाँचौँ स्थानमा रहेका मार्टिन गुप्टिलले ३ हजार ५३१ रन जोडेका छन् ।