कप्तान रोहितकुमार पौडेलले दिए समर्थकलाई धन्यवाद

Image

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेपाली क्रिकेट समर्थकलाई धन्यवाद दिएका छन् ।

बुधबार पौडेलले सामाजिक सन्जाल मार्फत नेपाली क्रिकेट समर्थकहरुलाई धन्यवाद दिएका हुन् । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा जारी रहेको टी-२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध अमेरिकाको डालसमा र बुधबार वर्षाका कारण रद्द श्रीलंकाविरुद्धको खेलमा उपस्थित दर्शकलाई धन्यवाद दिएका छन् ।

यो पनि : नेपाल र श्रीलंकाबीचको खेल रद्द, श्रीलंका समूह चरणबाटै बाहिरियो

‘हाम्रा समर्थकहरूलाई धन्यवाद जसले आज र डलासमा ठूलो संख्यामा हामीलाई समर्थन गर्न आउनु भयो । तपाईंहरुको ऊर्जा र समर्थन हाम्रो लागि संसार हो । पहिलो खेल हाम्रो पक्षमा गएन ।’ पौडेलले लेखेका छन् ‘हामी तपाईंको उत्साहको साथ अगाडि बढिरहेका छौं ।’

नेपालले यस संस्करणको विश्वकपमा दुई खेल खेल्न बाँकी रहेको छ । दुवै खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा हुनेछ ।

यो पनि : श्रीलंकाबाट १ अंक पाएसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना कति ?