हेटौंडा । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा स्थित सिमलटार खेलमैदानको उद्घाटन हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामाले गर्नुभएको हो ।
सिमलटार टोल बिकास संस्थाको आयोजनामा गरिएको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सुर्यमान लामाको सभाध्यक्षता तथा हेउमनपा मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा हेउमनपाका उपमेयर राजेश बानियाँकोबिसिष्ट आतिथ्यता रहेकोे थियो ।
कार्याक्रममा हेउमनपा ११ नम्बर वडाध्यक्ष जुना दाहाल , वडासदस्य बिकास नेपाल , गोपिनी सापकोटा , संजय बिडारी जिल्ला फुटबल संघका अध्यक्ष टीका लामा , खेलकुद बिकास नगर अध्यक्ष रबिन्द्र घिमिरे , समाजसेवी कमलचन्द्र सुमन ,सिमल्टार युवाक्लबका अध्यक्ष प्रभाकर पुडासैनी , सिमलटार टोबिस पुर्व अध्यक्ष मधु थापामगर लगायतकाको आतिथ्यता रहेको थियोे ।