काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले हाइसिसी टी–२० अलराउन्डतर्फको वरीयतामा एक स्थान सुधार गरेका छन् ।
योसँगै उनी नवौँ स्थानमा उक्लिएका छन् । यसअघि ऐरी १०औँ स्थानमा थिए । उनी विगतमा पनि अलराउन्ड वरीयताको नवौँ स्थानसम्म पुगेका थिए ।
दीपेन्द्रले अलराउन्ड वरीयतामा दक्षिण अफ्रिकाका एडन मार्कम, पाकिस्तानका शादाब खान, वेस्ट इण्डिजका रोमारियो सेफर्ड, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, भारतका अक्षर पटेललगायत चर्चित खेलाडीलाई पछि पारेका छन् ।
यो पनि : बुधबार नै वेस्टइन्डिज जानु पर्नेमा यस कारण नेपाली टिम फ्लोरिडामै