डेब्यू खेलमा सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै यी बलरले बनाए नयाँ कीर्तिमान

Image

एजेन्सी । स्कटल्यान्डका बलर चार्ली क्यासेलले डेब्यू खेलमा सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शनको नयाँ कीर्तिमान बनाएका छन् । ओमानविरुद्धको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा उनले सो कीर्तिमान बनाएका हुन् ।

खेलमा उनले ५.४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चेर ७ विकेट हात पारे । यो कीर्तिमान यसअघि दक्षिण अफ्रिकाका कागिसो रबाडाको नाममा थियो । उनले सन् २०१५ को जुलाईमा बंगलादेशविरुद्धको आफ्नो डेब्यू खेलमा १६ रन खर्चेर ५ विकेट लिएका थिए ।

यता क्यासेललाई गत जुलाई १५ मा तीव्र गतिका बल क्रिस सोलको स्थानमा टोलीमा समावेश गरिएको थियो । व्यक्तिगत कारण देखाउँदै उनी ओमानविरुद्धको खेलबाट नाम फिर्ता लिएका थिए ।