काठमाडौं । क्यानडामा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध नेपालले टस हारेको छ ।किंग सिटीमा ओमानका कप्तान अकिब इलियासले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । सोमपाल कामीलाई बेन्चमा राख्दा गुलशन झालाई प्लेइङ ११ मा मौका दिएको छ । पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो ।
त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा शनिवार नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। सिरिजमा यो नेपालको दोस्रो र ओमानको पहिलो खेल हो।
यो पनि : यस्तो छ ओमानविरुद्ध नेपालको प्लेइङ-११