काठमाडौं । पाकिस्तानका ब्याटर बाबर आजमले ओडीआई र टी-२० आईबाट कप्तानी छाडेका छन् । टी-२० विश्वकपमा खराब प्रदर्शनपछि आलोचना खेप्दै आएका उनले कप्तानी छाड्ने निर्णय लिएका हुन् ।
सामाजिक सञ्जाल मार्फत उनले ब्यक्तिगत विकास र अझ इनर्जीको लागि कप्तानी छाडेको जनाएका छन् । गतवर्ष एकदिवसीय विश्वकपमा सेमिफाइनल पुग्न नसकेपछि बाबरले तीनै संरचनाबाट कप्तानी छाडेका थिए । त्यसपछि पाकिस्तानले टेस्टमा सन मकसुद र टी-२० क्रिकेटमा शाहिन शाह अफ्रिदीलाई कप्तान बनाएको थियो ।
अफ्रिदीले केही खेलमा कप्तानी गरेपछि छाडेका थिए । त्यसपछि बाबर पुन गत अप्रिलमा पाकिस्तानको सिमित ओभरको कप्तान नियुक्त भएका थिए ।
वर्तमान समयका उत्कृष्ट ब्याटर बाबर आजम पछिल्लो समय लयमा छैनन् । टोली भित्रको गुट र आन्तरिक राजनीति कारण पाकिस्तानले पछिल्लो समय लगातार खराब प्रदर्शन गर्दै आएको छ । बाबरले छाडेसँगै अव मोहम्मद रिजवान र सादब खान मध्य एक कप्तान बन्ने सम्भावना देखिन्छ ।